मिठाईंका परिकार
दूधलाई तताएर फटाउने । फाटेर बनेको दूधको छेनालाई क्रिम मिसाएर मोलेर तीन कुनाको सेप दिने । त्यसलाई चास्नीमा १५ मिनेटजति उमाल्ने । पाकेपछि छेनालाई चाल्नीमा तार्ने । त्यसलाई चिसो बन्न छाडिदिने । अब दूधको क्रिमलाई कराहीमा राखेर घोल्ने र पेस्ट बनाउने । त्यसमा चिनी र आफूलाई मनपर्ने फ्लेवर मिसाउने ।
