मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।

गत अगस्ट ७ तारिखमा अमेरिकाको न्यूयोर्कको वुडसाइडस्थित टिबेटन कम्युनिटी सेन्ट्रल हलमा संचालन भएको मिस नेपाल नर्थ अमेरिका २०२१ को फाइनल प्रतिस्पर्धामा गरिमा ज्ञवालीले शीर्ष उपाधिको ताज पहिरिन सफल भएकी छन् । उनले प्रतियोगितामा मिस पर्सनालिटी अवार्ड पनि आनो नाममा लेखाउन सफल भइन् । यसअघि सन् २०१२ मा गरिमाले काठमाडौंमा संचालन भएको मिस लिटिल आइडल २०१२ को ताज पहिरिएकी थिइन् ।
१९ प्रतिस्पर्धीबीच भएको तेस्रो संस्करणको मिस नेपाल नर्थ अमेरिकाको प्रतियोगितामा याङ्छेन लामा फस्ट रनर अप तथा शुभेच्छा निरौलाले सेकेन्ड रनर अपको अवार्ड जित्न सफल भएका थिए । प्रतियोगितामा रोशिका गजमेर ट्यालेन्ट, नगमा गुरुङ पपुलर, एलिना राई कम्युनिटी आउटरिच, निमिका थापा स्माइल, सेलिशा नेपाल वेस्ट ड्रेस अवार्डमा विजेता चयन भएका थिए । यसैगरी सुप्रिया फुयाँल डिसिप्लिन, एलिशा गुरुङ राइजिङ स्टार, डिना के.सी. क्याटवाक, चाँदनी लामा वेस्ट स्किन, उर्जा के.सी. वेस्ट बडी तथा जेनी रावत मिस हेरिटेज विधातर्फ पुरस्कृत भएका थिए ।
मिस नेपाल नर्थ अमेरिका २०२१ को सौन्दर्य प्रतियोगिता अझ सुन्दरीमय बनेको थियो । कारण प्रतियोगिताको कोरियोग्राफर मिस नेपाल वल्र्ड २०१० सदीक्षा श्रेष्ठ थिइन् भने कार्यक्रमको संचालन मिस नेपाल अर्थ २०१० सदीक्षा बज्राचार्यले गरेकी थिइन् । यसबाहेक प्रतियोगिताको मेन्टरका रूपमा मिस नेपाल वल्र्ड २०१८ शृङ्खला खतिवडा थिइन् भने ग्रुमिङ कोचका रूपमा मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा थिइन् । कार्यक्रममा मिस नेपाल वल्र्ड २०११ मलिना जोशीको पनि उपस्थिति थियो । यसैगरी कार्यक्रममा काठमाडौंबाट चर्चित संचारकर्मी एवं अभिनेता सुरज सिंह ठकुरी तथा पर्सनालिटी कोच पूर्ण लामाको पनि उपस्थिति थियो ।
अमेरिकामा बस्ने नेपाली युवतीहरूबीचको यो प्रतियोगितालाई शैलेश श्रेष्ठको अगुवाइमा स्थापना भएको ड्रिम्स युनिभर्सल एलएलसी युएसएले आयोजना गर्दै आएको छ । यसअघि सन् २०१८ मा मोनिका घले र सन् २०१९ मा श्रिया गजुरेलले मिस नेपाल नर्थ अमेरिकाको उपाधि जितेका थिए ।