Successfully Copied

क्रिस्पी कर्न

मकैलाई हल्का उसिनेर निकाली पानी तार्ने । त्यसपछि कर्नफ्लोर राखेर माथिबाट कागती निचोर्ने । कर्नफ्लोरको साटो बेसन, मकेको पिठो, मैदा पनि राख्न सकिन्छ ।

सामग्री : एक पाउ काँचो मकै, कर्नफ्लोर, स्वादअनुसार नुन, अदुवा लसुनको पेस्ट, हट सस, कागती, तेल, थोरै चाट मसला ।

विधि : मकैलाई हल्का उसिनेर निकाली पानी तार्ने । त्यसपछि कर्नफ्लोर राखेर माथिबाट कागती निचोर्ने । कर्नफ्लोरको साटो बेसन, मकेको पिठो, मैदा पनि राख्न सकिन्छ । त्यसमा थोरै हट सस, अदुवा–लसुनको पेस्ट, नुन राखेर एकछिन मेरिनेट गर्ने । फुड कलरको पनि प्रयोग गर्न सकिन्छ । अब प्यानमा तेल तताउने र अघि मेरिनेट गरेर राखेको मकै तार्ने । क्रिस्पी भएपछि निकाल्ने र माथिबाट चाट मसला राखेर सर्भ गर्ने । यसलाई स्न्याक्सका रूपमा खान सकिन्छ ।

-कवीर भण्डारी, सेफ, मकै घर

 Image