चिकेन सनी सलाद
विधि : चिकेन ब्रेस्टको स्लाइस निकाल्ने, बनाइएको ब्याटरमा चिकेनलाई डुबाएर ब्रेडकम लगाएपछि तेलमा फ्राई गर्ने, यसलाई क्रिस्पी भएपछि तेलबाट निकाल्ने ।

सामग्री : कुखुराको थाई भाग–३०० ग्राम, अदुवा–२० ग्राम र लसुनको पेस्ट, स्वादअनुसार नुन, कागतीको रस–५ मिलिलिटर, मरिचको धूलो–५ ग्राम, चीज–५० ग्राम, जिरा–५ ग्राम र धनियाँको धूलो, काजुको पेस्ट–५० मिलिलिटर ।
विधि : काजुको पेस्टका लागि काजुलाई दूधमा भिजाएर सुकुमेल पाउडर, चीज, ह्वाइट पेपर, नुन हाली पिसेर पेस्ट तयार पार्ने । माथि तयार पारेका सबै सामग्री हालेर मासु मेरिनेट गरेर एक घन्टा राख्ने । त्यसपछि स्टिकमा उनेर तन्दुर पोल्ने वा ग्रिल्ड गर्ने । मासु पाकेपछि क्रिम, बटर, चाट मसला, धनियाँ पाउडर हालेर टपिङ गर्ने र सर्भ गर्ने ।
- गणेश विष्ट
सेफ, बाबर्ची रेस्ट्रो, बबरमहल