साँधेको च्याङ्ग्राको सुकुटी

नारी संवाददाता

माघ ८, २०७७ सामग्री : च्याङ्ग्राको सुकुटी, टुक्रा पारेको प्याज, पिसेको जिरा, काटेको हरियो खुर्सानी, काटेको गोलभेंडा, अदुवा, लसुन, हरियो धनियाँ, नुन, कागती र भुटेको तोरीको तेल ।

विधि : बजारबाट च्याङ्ग्राको सुकुटी ल्याउने, साह्रो छ भने सिलौटो वा ओखलमा कुटेर नरम बनाउने । स–साना टुक्रा बनाएर त्यसमा मसिनो टुक्रा प्याज, पिसेको जिरा, काटेको हरियो खुर्सानी, गोलभेंडा, अदुवा, लसुन, हरियो धनियाँ, नुन, कागती हालेर मोल्ने र माथिबाट भुटेको तोरीको तेलमा राखेर फेरि मोल्ने । यसलाई स्न्याक्सका रूपमा खान सकिन्छ ।

-  दीपक तामाङ

लेकाली किचन एन्ड कटिया हाउस

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>