Successfully Copied

फ्यानक्यान अध्यक्षमा सुरेन्द्र मानन्धर चयन

पूर्वमन्त्री तथा सांसद प्रदिप यादवले संस्थाको लागि आवश्यक कानुनी जटिलता अन्त्य गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताए ।


नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्युटिकल्स तथा कस्मास्यिुटकल्स संघ (फ्यानक्यान) अध्यक्षमा सुरेन्द्र मानन्धर चयन भएका छन् । संघको महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा शम्भु यादव, उपाध्यक्षमा भिम बिष्ट, दिपेशजंग शाह, महासचिवमा गौरव श्रेष्ठ, सचिवमा गौरव बर्मा, गोपाल बहादुर जिसी, कोषाध्याक्षमा प्रदीप महतो,सहकोषाध्यक्षमा रामदिन तेली र सदस्यहरुमा प्रतीक शाही, बिरेन्द्र पटेल, विन्देश्वरप्रसाद पाण्डे, विनायकराज पाण्डे, भुवनप्रसाद जोशी र सुवर्ण पोखरेल चयन भएका छन् ।

बाँकी दुइ सदस्यपछि अध्यक्षले मनोनित गर्ने जनाइएको छ । देशभरका ५ सय भन्दा बढीको सहभागिता रहेको महाधिवेशनमा पूर्वमन्त्री तथा सांसद प्रदिप यादवले संस्थाको लागि आवश्यक कानुनी जटिलता अन्त्य गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताए । कार्यक्रममा खाद्य तथा गुणस्तर नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी बैद्यले आफ्नो तहबाट यो संस्थालाई आवश्यक सकारात्मक सहयोग गर्न तत्पर बताइन् ।

महाधिवेशनको बन्दसत्रमा कस्मास्युटिकल्सको सन्दर्भमा औषधी व्यवस्था विभागले बेला बखत सिर्जना गर्ने गरेको जटिलताको बारेमा समेत गम्भीर रुपमा कुरा उठेको थियो । फुड सप्लिमेन्ट र कस्मास्युटिकल्स व्यवसायीहरू बीचमा समन्वय गरेर व्यापार विस्तार एवं रोजगारी सिर्जना र उत्पादन, वितरण र उपभोग्यताको सवालमा समेत गम्भिर रुपमा छलफल भएको कुरा संघका नवनिर्वाचित उपाध्यक्ष दीपेशजंग शाहले जानकारी दिए ।

 Image