Successfully Copied

आमाको स्वाद सम्झाउने यशु

सुरुमा उनले चिउराको पकौडा बनाएर भिडियो हालिन् । यो एकदमै नौलो परिकार थियो । भिडियो अपलोड गरेको केही समयमै १ लाख भ्युज गयो । पहिलो भिडियो नै यति धेरै चलेपछि उनलाई थप हौसला मिल्यो । उनी भन्छिन्, ‘त्यसले मलाई थप प्रेरणा मिल्यो ।’


यशु निरौला पढाइ सकेर घरमै थिइन् । छोराछोरी सानै भएकाले उनले जागिर नगर्ने सोच बनाएकी थिइन् । खाना बनाउन रुचि लाग्ने उनी रेसिपी च्यानल, शोहरू हेर्थिन् । उनलाई नयाँ–नयाँ परिकार प्रयोग गर्न मन लाग्थ्यो । घरमा आएका साथीभाइ र पाहुनाहरूले मीठो मानेर खाँदा उनलाई खुसी लाग्थ्यो । एक दिन उनकाश्रीमान्ले नै रेसिपी च्यानल खोल्न सुझाए । पाँच वर्षअघि श्रीमान्को सहयोगमा युट्युब च्यानल खोलिन् । युट्युबको नाम ‘मेरो नेपाली किचन’ जुराइन् ।


सुरुमा उनले चिउराको पकौडा बनाएर भिडियो हालिन् । यो एकदमै नौलो परिकार थियो । भिडियो अपलोड गरेको केही समयमै १ लाख भ्युज गयो । पहिलो भिडियो नै यति धेरै चलेपछि उनलाई थप हौसला मिल्यो । उनी भन्छिन्, ‘त्यसले मलाई थप प्रेरणा मिल्यो ।’

उनी मात्र होइन उनकी १८ वर्षीया छोरीले पनि युट्युब च्यानल चलाउँछिन् । त्यसमा उनकी छोरीले हरेक विकेन्डमा फुड च्यालेन्ज गरेको भिडियो अपलोड गर्छिन् । त्योसँगै भ्लग पनि बनाउँछिन् । उनको रेसिपीको भिडियो श्रीमान्ले नै खिचिदिन्छन्, एडिट गरेर युट्युबमा हालिदिन्छन् । उनले नेपालीमात्र होइन इन्डियन, चाइनिज आदि धेरैकिसिमका परिकार बनाएर युट्युबमा हालेकी छिन् । तर उनको अनुभवमा धेरैले ननभेज परिकार नै मनपराउँछन् । ममको रेसिपी पनि धेरैले हेर्ने उनको भनाइ छ ।


स्नातकोत्तर गरेकी उनलाई कहिलेकाहीँ पढेर पनि केही गर्न सकिन भन्ने जस्तो लाग्थ्यो । ‘युट्युबले मलाई त्यो कुरा बिर्साएको छ । घरमा बसीबसी घरपरिवार सबैलाई समय दिएर युट्युबबाट राम्रै कमाइ गरिरहेकी छु। जगिर गरेको भए बच्चालाई पर्याप्त समय दिन पाउने थिइन । घरको काम सबै गरेर पनि महिनाको एक लाख कमाउनु मेरा लागि ठूलो रकम थियो’ उनी भन्छिन् । विदेशमा बस्ने नेपालीहरूले जो खाना बनाउन जान्दैनन् । उनीहरूका लागि यो च्यानल उपयोगी बनेको छ । उनी भन्छिन्, ‘कतिले तपाईंको भिडियो हेरेर पकाउन थालें भन्दै म्यासेज गर्छन् । कतिले आमाको हातको खाना खाएजस्तै भयो भन्दै कमेन्ट गर्छन् । एकदमै खुसी लाग्छ ।’

 Image