मिनी बर्गरलाई माइक्रो वेभमा फ्राइ गर्ने र त्यसलाई छुट्टै राख्ने । मटन किमालाई तेलमा फ्राइ गर्ने । त्यसमा टोम्याटो सस मिसाएपछि किमा खानका लागि तयार हुन्छ । मिनी बर्गर किमा फ्राइ सेटका रूपमा उपलब्ध हुन्छ ।
यो ‘चाइनिज ओरिएन्टल’ स्वादको प्रसिद्ध खाना हो । यो परिकारका लागि पनि हड्डी नभएको कुखुराको मासु चाहिन्छ । त्यसमा ‘कर्नफ्लोर’, मैदा, नुन, सेतो मरिचको धूलो मोल्ने र करिब ४५ मिनेट ४/५ डिग्रीमा छोपेर राख्नुपर्छ ।