सृष्टि बनिन् पहिलो मिसेस् नेपाल क्यानडा २०२४
विवाहित महिलाहरुलाई अझ सबल, सक्षम र सशक्त बनाउने उद्देश्यले क्यानडामै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा सृष्टि श्रेष्ठ अमात्य मिसेस् नेपाल क्यानडा बनिन् ।

कोरोना महामारीपछि कलाकारहरू म्युजिक भिडियोमा व्यस्त छन् । अहिले कलाकारहरूको आम्दानीको बाटो नै म्युजिक भिडियो बनेको छ । यसबाट महानायक राजेश हमाल पनि अछुतो छैनन् । उनी एकपछि अर्को म्युजिक भिडियोमा व्यस्त छन् । उनले स्मिता दाहाल, वर्षा रावतदेखि प्रकाश सपूतसम्मका नयाँ पुस्तासँग भिडियोमा सहकार्य गरेका छन् । उनले भिडियोमा ‘प्रेमी’ देखि ‘हकर ब्वाई’ सम्मको अभिनय गरेका छन् । उनीद्वारा अभिनीत म्युजिक भिडियोहरू ‘मालिङ्गो, मञ्जरी, सल्लैको धूप राम्रो, यादका लहरहरू रहेका छन् ।