मिस ग्राण्ड नेपाल वर्ल्ड २०२५ को ताज चाहनालाई
प्रतियोगितामा चाहना प्रधानले मिस ग्राण्ड नेपाल २०२५ को ताज पहिरिन सफल भएकी छिन् । विजेता चाहनाले विभिन्न गिफ्ट ह्याम्परका साथमा ईभी स्कुटर पुरस्कार प्राप्त गरेकी छिन् ।
कोरोना महामारीपछि कलाकारहरू म्युजिक भिडियोमा व्यस्त छन् । अहिले कलाकारहरूको आम्दानीको बाटो नै म्युजिक भिडियो बनेको छ । यसबाट महानायक राजेश हमाल पनि अछुतो छैनन् । उनी एकपछि अर्को म्युजिक भिडियोमा व्यस्त छन् । उनले स्मिता दाहाल, वर्षा रावतदेखि प्रकाश सपूतसम्मका नयाँ पुस्तासँग भिडियोमा सहकार्य गरेका छन् । उनले भिडियोमा ‘प्रेमी’ देखि ‘हकर ब्वाई’ सम्मको अभिनय गरेका छन् । उनीद्वारा अभिनीत म्युजिक भिडियोहरू ‘मालिङ्गो, मञ्जरी, सल्लैको धूप राम्रो, यादका लहरहरू रहेका छन् ।