Successfully Copied

रोजिना पण्डित

फेसनले हरेक फरक व्यक्तित्वको पहिचान प्रस्तुत गर्छ । हजारौंको भीडमा कुनै व्यक्ति कसरी अरूभन्दा भिन्न भन्ने देखाउँछ । साथै मानिसको व्यक्तित्वको अनुमान गर्न पनि फेसनले सहयोग गर्छ ।

फेसन के हो ?

फेसनले हरेक फरक व्यक्तित्वको पहिचान प्रस्तुत गर्छ । हजारौंको भीडमा कुनै व्यक्ति कसरी अरूभन्दा भिन्न भन्ने देखाउँछ । साथै मानिसको व्यक्तित्वको अनुमान गर्न पनि फेसनले सहयोग गर्छ ।

नेपाली फेसन डिजाइनिङको स्तर कहाँ देख्नुहुन्छ ?

प्रत्येक घरमा फेसनप्रति सचेतना बढ्नुका साथै डिजाइनिङप्रति मानिसको चाहना पनि बढ्दो छ । यहाँका पहिरनमा देखिने कलात्मक प्रस्तुतिले नेपाली फेसन डिजाइनिङको गुणस्तरमा वृद्धि भएजस्तो लाग्छ ।

डिजाइनिङ र स्टाइलिङमा के फरक छ ?

स्टाइल र फेसन उस्तै लागे तापनि यी दुई भिन्न छन् । स्टाइलले बाहिरी आवरण वा प्रस्तुति भन्ने बुझिन्छ । डिजाइनिङले बाहिरी आवरणसँगै उद्देश्य र विस्तृतीकरणका साथ गरिने योजना भन्ने बुझिन्छ ।

अरूलाई स्टाइलिस बनाउने मान्छे आफू स्टाइलिस देखिन के गर्नुहुन्छ ?

म फेसन, सौन्दर्य तथा शिक्षण पेसामा समेत संलग्न भएकाले न्यूट्र्रल मेकअप र सेमी फर्मल पहिरनमा बढी सहज महसुस गर्छु । त्यही किसिमका पहिरन म लगाउँछु ।

नेपाली फेसन सेन्समा तपाईंले देख्नुभएको त्रुटि के हो ?

फेसनको नाममा चारभन्दा बढी रंगका पहिरन एकैचोटी प्रयोग गर्ने र शारीरिक बनावटअनुसार पहिरन नमिलाई लगाउँदा शारीरिक बनावटमा भएका कमी–कमजोरीलाई झनै दर्साउँछ । यही नै त्रुटि हो जस्तो लाग्छ ।

कसका लागि कस्तो डिजाइनिङ गर्ने रहर छ ?

नायिका प्रियंका कार्कीका लागि एभान्ट–ग्रेड डिजाइन गर्ने रहर छ ।

स्टाइलिस्ट सेलिब्रेटी ? किन ?

प्रियंका कार्की । जसरी उहाँ प्रस्तुत हुनुहुन्छ त्यो एकदमै आकर्षक र सुरुचिपूर्ण लाग्छ ।

अप्ठ्यारो लाग्ने ड्रेसअप गरेको कुनै क्षण ? कुन इभेन्टमा के लगाउनुभएको थियो ?

सन् २०१८ मोडल हन्ट नेपाल इभेन्टमा डिजाइनरहरूका लागि सल्लाहकारका रूपमा आबद्ध थिएँ । उक्त इभेन्टमा मैले सुनौलो र कालो रंगको अफ सोल्डर ड्रेस, हिपको दुवैतर्फ टेल जुन अगाडि ल्याएर बाँध्ने डिजाइन थियो तर अगाडि बाँध्दा अलि अप्ठ्यारो लागेको थियो । अहिले सम्झिदा हाँसो उठ्छ ।

मेकअपमा तपाईंलाई सबैभन्दा बढी मनपर्ने पक्ष के हो ?

मेकअप मेरो जीवनको रमाइलो पाटो हो । मेकअप गर्दा खुसी र आत्मविश्वासी महसुस गर्छु । आफ्नो मेकअप गर्दा ब्लस सधै लगाउँछु । यसले प्राकृतिक, सुन्दर र स्वस्थ देखाउँछ ।

कुनै एउटै सौन्दर्य प्रसाधन जसको अभावमा तपाईंले गरेको मेकअप अधूरो हुन्छ ?

फल्स ल्यासेज, यो बिना मेकअप अधूरो देखिन्छ ।

कुनै तीनवटा सौन्दर्य प्रसाधन जसको प्रयोगबिना महिला घरबाहिर निस्कदैनन् ?

मोइस्चराइजर, सन ब्लक क्रिम, लिपिस्टिक ।

कुनै महत्वपूर्ण सौन्दर्यमन्त्र जुन सम्पूर्ण महिलालाई तपाईं सुझाव दिन चाहनुहुन्छ ?

मेरा लागि सौन्दर्य भनेको स्वस्थ जीवन अनि सकारात्मक सोच हो । त्यसैले सम्पूर्ण महिलालाई भरपूर मात्रामा पानी पिउन, छालाको हेरचाह गर्न र दैनिक शारीरिक व्यायाम गर्न सल्लाह दिन चाहन्छु ।

 Image