Successfully Copied

दसैंका परिकार

हड्डी नभएको (बोनलेस) चिकेन क्युब, लसुन अदुवाको पेस्ट–दुई चम्चा, हरियो खुर्सानीको पेस्ट, कागतीको रस–आधा चम्चा, हरियो धनियाँको पेस्ट–दुई चम्चा, पुदिनाको पेस्ट–एक चम्चा, तोरीको तेल–दुई चम्चा, सुक्मेल तथा ज्वानोको धूलो– आधा चम्चा, भुटेको चनाको पीठो–दुई चम्चा, नुन स्वादअनुसार ।

नीतिमा कार्की

बाजेको सेकुवा, सोह्र खुट्टे

चिकेन पहाडी

सामग्री

चिकेन म्यारिनेट गर्नका लागि

हड्डी नभएको (बोनलेस) चिकेन क्युब, लसुन अदुवाको पेस्ट–दुई चम्चा, हरियो खुर्सानीको पेस्ट, कागतीको रस–आधा चम्चा, हरियो धनियाँको पेस्ट–दुई चम्चा, पुदिनाको पेस्ट–एक चम्चा, तोरीको तेल–दुई चम्चा, सुक्मेल तथा ज्वानोको धूलो– आधा चम्चा, भुटेको चनाको पीठो–दुई चम्चा, नुन स्वादअनुसार । यी सबै सामग्रीलाई क्रमशः चिकेन क्युबमा राखेर मोल्दै जाने ।

विधि : तावा वा फ्राई प्यान तताएर त्यसमा तेल राख्ने । त्यसपछि नपाकुन्जेल चिकेन ग्रिल गर्ने (मासुलाई झिरमा उनेर राख्ने) । यसरी तयार भएको चिकेनमा चाट मसला राखेर वा यत्तिकै पनि चाडपर्वमा नौला स्वादका लागि खान सकिन्छ ।

लोकल कुखुरा टिम्मुर झोल

सामग्र : लोकल कुखुरा–एक किलो, प्याज–२ सय ग्राम, लसुन तथा अदुवाको पेस्ट–दुई चिया चम्चा, भुटेको जिरा र धनियाँको धूलो– दुई/दुई चम्चा, गरम मसला–एक चम्चा, रातो खुर्सानी– चार वटा, खुर्सानी धूलो–एक चम्चा, थोरै टिम्मुर, मुग दालको पीठो–तीन चम्चा, नुन स्वादअनुसार ।

विधि : ग्याँसमा बाक्लो भाँडा बसाल्ने । तोरीको तेल आवश्यकतानुसार राख्ने । त्यसपछि मेथी, लसुन र अुदवा काटेको राख्ने । रातो खुर्सानी, तेजपात र केही टिम्मुरका दाना पनि फुराउने । प्याज राखेर हल्का रातो हुने गरी भुट्ने । त्यसपछि लोकल कुखुराको मासु राखेर भुट्ने र बेसार राख्ने । स्वादअनुसार नुन राखेर केही बेर मासुलाई भुट्ने । यसमा अदुवा, लसुनको पेस्ट, खुर्सानीको धूलो राखेर पकाउने । मासु पाक्न लागेपछि भुटेको जिरा एवं धनियाँको धूलो राख्ने, मुगको दालको पीठो राखेर पकाउने । अन्तिममा ५ देखि १० दाना टिम्मुर कुटेर राख्ने । आवश्यकतानुसार झोललाई पातलो र बाक्लो बनाउन सकिन्छ । यो टिम्मुर कुखुराको मासु–भातसँग खान सकिन्छ । चाडपर्वका बेला स्वाद फेर्न यो उपयोगी हुन्छ । जाडो मौसममा पनि यो खाँदा मज्जा आउँछ ।

स्पाइसी मटन मसला हाँडी

खसीको मासु–एक किलो, काटेको प्याज–२०० ग्राम, अदुवा/लसुन–चार चिया चम्चा, हरियो खुर्सानीको धूलो–एक चम्चा, बेसार–आधा चम्चा, रातो खुर्सानीको पेस्ट–एक चम्चा, बिरेनुन–आधा चम्चा, मटन मसला– चार चम्चा, तोरीको तेल आवश्यक मात्रामा, दही–एक कप, नुन स्वादअनुसार ।

मसला बनाउ

जिरा र धनियाँ २०/२० ग्राम, ल्वाङ/सुक्मेल–चार/चार वटा, अलैंची–दुई वटा, मरिच–एक चम्चा, दालचिनी–दुई वटा, ज्वानो –आधा चम्चा, जायपत्री–एक पिस, सौफ–एक चम्चा ।

एउटा भाँडामा एक किलो खसीको मासु राख्ने, माथिका सबै मसला क्रमशः राखेर मोल्ने । केही बेरका लागि (तीन घन्टा) छोपेर राख्ने । त्यसपछि एउटा बाक्लो भाँडामा तेल अथवा घिउ राखेर तताउने, त्यसमा जिरा, रातो खुर्सानी, तेजपत्ता, केही टुक्रा सुक्मेल फुराउने र काटेर राखेका प्याज राखेर हल्का रातो हुने बेलासम्म भुट्ने । बेसार राखेर मोलेर राखेको मासु हाल्ने र केही बेर चलाएर राम्रोसँग हावा नछिर्ने गरी माथिबाट छोपेर सानो आँचमा पकाउने । यो बाक्लो कसौंडी तथा माटाको हाँडीमा पकाउन सकिन्छ । करिब ३० देखि ४० मिनेट सानो आगोमा पकाउँदा हड्डीसमेत राम्रोसँग पाक्छ । यो चाडपर्वका समयमा चिउरा तथा भातसँग खान सकिन्छ ।

मसरुम मसला

सामग्री

गोलो मसरुम–एक किलो, प्याजको पेस्ट–२ सय ग्राम, लसुन तथा अदुवाको पेस्ट–२५/२५ ग्राम, काजु, बदामको पेस्ट–२५ ग्राम, गोलभेंडा पेस्ट– २ सय ग्राम, गरम मसला–आधा चम्चा, जिरा/धनियाँ धूलो–एक चम्चा, खुर्सानी धूलो, बेसार, नुन, तेल, घिउ आवश्यकतानुसार ।

विधि

प्याज, लसुन, अदुवा, काजु, पेस्ता, गोलभेंडा राखेर अलि पाक्ने गरी उमाल्ने र पछि त्यसलाई पेस्ट बनाउने । मिक्स्चर नभएमा मसिनो गरी काट्न पनि सकिन्छ ।

–एउटा भाँडामा तेल, घिउ तताउने र जिरा, खुर्सानी, तेजपात फुराउने र च्याउ राखेर भुट्ने । बेसार तथा खुर्सानीको धूलो राख्ने । त्यसपछि जिरा, धनियाँको धूलो राखेर चलाउने । अब तयार गरेको मसला र प्याजको पेस्ट राखेर केही बेर पकाउने । स्वादअनुसार नुन राखेर केही बेर पकाउने र अन्त्यमा गरम मसला राखेर पकाउने । यसलाई सुख्खा तथा ग्रेभी कसरी खाने त्यस्तै बनाउन सकिन्छ । यसलाई रोटी तथा भातसँग खान सकिन्छ ।

ग्लोटी कवाब

कवाब पेस्ट

सामग्री

उमालेको राजमा–५०० ग्राम, उमालेको रातो तरुल– २०० ग्राम, अदुवा तथा लसुनको पेस्ट–दुई चम्चा, फ्राई गरेको काजु–५० ग्राम, फ्राइ गरेको प्याज–२५ ग्राम, कवाब मसला–२५ ग्राम, भुटेको चनाको पीठो–तीन चम्चा, नुन र खुर्सानी स्वादअनुसार ।

कवाब मसलाका लागि सामग्री

पत्थरको फूल– एक चम्चा, अलैंची–चार वटा, मरिचका दाना–दुई चम्चा, धनियाँ–दुई चम्चा, सुक्मेल–पाँच वटा, दालचिनी–दुई वटा, जिरा– एक चम्चा, जाइफल–आधा चम्चा, केही गुलाबका पात वा गुलाब जल ।

विधि

उमालेको राजमा, तरुल, लसुन, अदुवाको पेस्ट, फ्राई काजुको पेस्ट, मरिचको धूलो राखेर मिक्सचरमा पिस्ने वा हातले लेसिलो हुने गरी मोल्न पनि सकिन्छ । यसमा भुटेर पिसेको प्याज, कवाब मसला राखेर राम्रोसँग फिट्ने र चनाको पीठो राखेर राम्रोसँग मोल्ने ।

एउटा भाँडोमा राखेर (सानो कचौरा कोइलमा घिउ र ल्वाङ राखेर धूवाँ दिने) करिब चारदेखि पाँच मिनेट छोपेर राख्ने । यसपछि हातमा घिउ लगाएर कवाबको आकार दिने । घिउमा कम आँचमा तार्ने । यो कवाब रोटी, चिउरा तथा भातसँग खान सकिन्छ । यो चाडपर्वका बेला शाकाहारी र अन्यलाई स्वाद फेर्नका लागि राम्रो विकल्प हुनसक्छ ।

 Image