Successfully Copied

स्वस्तिमाको अभिनयमा फड्को

व्यवसायिक हिसाबले ‘ठीकै’ मानिएको ‘नाई नभन्नु ल–५’ मा औसत देखिएकी स्वस्तिमाले ‘बुलबुल’मा भने सम्झनलायक अभिनय गरिन् । सोही चलचित्रबाट राष्ट्रिय अवार्ड समेत प्राप्त गरेको स्वस्तिमाको अभिनय यात्रा अंग्रेजी भाषाको चलचित्र तर्फ सोझिएको छ । 

अभिनेत्री स्वस्तिमा खड्काले नेपाली सिने उद्योगमा राम्रै स्थान बनाएकी छिन् । नेपाली सिने उद्योगकी सफल अभिनेत्री खड्काले अब अंग्रेजी भाषाको चलचित्रमा अभिनय गर्ने खबर सार्वजनिक भएको छ । अमेरिकन टोलीले निर्माण गर्ने उक्त चलचित्रका लागि स्वस्तिमा र चलचित्र युनिट बीच लिखित सम्झौता भैसकेको बताईन्छ । 

उक्त चलचित्रमा शिर्ष भूमिकामा देखिन लागेकी स्वस्तिमालाई जोडी कलाकारका रुपमा भने अमेरिकन कलाकारले नै साथ दिने बताईएको छ । अमेरिकामानै जुलाईबाट छायांकन हुने भनिएको यो चलचित्र कोरोनाको त्रास सकिएपछि मात्रै छायांकन हुने बताईएको छ ।

स्वस्तिमाले  अघिल्लो वर्ष रिलिज भएको चलचित्र ‘बुलबुल’मा गरेको अभिनयले भने स्वस्तिमाले धेरैको मन जितेकी थिईन् । सोही चलचित्रबाट उनले राष्ट्रिय अवार्ड समेत प्राप्त गरेकी थिईन् । 

 

 

 Image