Successfully Copied

नेपालका लागि इन्फ्ल्युएन्सर मार्केटिङ नयाँ कुरा हो -साहिल श्रेष्ठ

इन्फ्ल्युएन्सर मार्केटिङ नेपालका लागि यो नयाँ कुरा हो । इन्फ्ल्युएन्सर मार्केटिङ बुझ्नुअघि इन्फ्ल्युएन्सर को–को हुन् त्यो बुझ्नु जरुरी छ ।

मोडलिङमा कति समय बित्यो ?
सन् २०१७ देखि मेरो मोडलिङ करियर सुरु भयो । यसबीचमा म थुप्रै ¥याम्प वाक, ब्रान्ड विज्ञापनलगायत प्रडक्ट सुटमा व्यस्त रहें ।

चलेका ब्रान्ड पनि छन् कि ?
आइप्लेक्स मलको विज्ञापन निक्कै चल्यो । अर्को लेदरका सामग्री उत्पादन गर्ने क्याम्डेन लन्डन ब्रान्डको म ब्रान्ड एम्बेसडर थिएँ । क्याम्देन लन्डनका जति पनि उत्पादन छन् ती सबैमा मैले काम गरिसकेको छु । यीबाहेक अन्य एक दर्जन बढी ब्रान्डमा मोडलिङ गरिसकेको छु । भूटानी गायक सोनम तोप्देनले गाएको गीतको म्युजिक भिडियोमा पनि मोडलिङ गरेको छु ।


इन्फ्ल्युएन्सर मार्केटिङ भनेको के हो ?
नेपालका लागि यो नयाँ कुरा हो । इन्फ्ल्युएन्सर मार्केटिङ बुझ्नुअघि इन्फ्ल्युएन्सर को–को हुन् त्यो बुझ्नु जरुरी छ । जुनसुकै ब्रान्डका लक्षित समूह कस्ता इन्फ्ल्युएन्सरसँग बढी इन्फ्ल्युएन्स हुन्छन् भन्ने कुरा यसमा मुख्य हुन्छ । सेलिब्रेटी मात्रै नभएर इन्फ्ल्युएन्सर जुनसुकै क्षेत्रका पनि हुनसक्छन्, जोसँग धेरै फ्लोअर्स, लाइक र कमेन्ट छन् । मूलतः इन्फ्ल्युएन्सर मार्केटिङ डिजिटल वल्र्डसँग सरोकार राख्छ अर्थात् सूचना प्रबिधिसँग कुनै पनि निश्चित ब्रान्ड र इन्फ्ल्युएन्सरलाई जोड्न गरिने विभिन्न क्रियाकलाप नै इन्फ्ल्युएन्सर मार्केटिङ हो । यसमा ब्रान्ड प्रमोसनल एक्टिभिटीहरू हुन्छन् ।


यसमा तपाईंको भूमिका र काम के हो ?
ब्रान्ड प्रवद्र्धनका लागि नयाँ र पृथक् खालका अवधारणा सिर्जना गर्ने मेरो मुख्य काम हो । मेरो ‘ड्रिम फ्लावर प्रोजेक्ट’ नामक कम्पनीमार्फत अहिले मैले ट्यालेन्ट म्यानेजमेन्ट, इभेन्ट म्यानेजमेन्ट, आर्टिस्ट म्यानेजमेन्ट, पिआर म्यानेजमेन्ट, प्रडक्सन र इन्फ्ल्युएन्सर मार्केटिङको काम गरिरहेको छु । यसभित्र ब्रान्डका साथै विभिन्न क्षेत्रका इन्फ्ल्युएन्सर र सेलिब्रेटीसँग काम गर्नुपर्ने हुन्छ ।

नयाँ क्षेत्रमा काम गर्न कत्तिको चुनौती छ ?
नेपालका लागि बिल्कुलै नयाँ क्षेत्र । यसमा काम गर्दा चुनौतीसँगै अवसर पनि भएको महसुस गरेको छु । हामी नेपालीहरू भर्खरै मात्र प्रविधिमैत्री हुँदैछौं । यसबाट तत्काल क्रिया–प्रतिक्रिया पाइने र चेतना जगाउन सकिन्छ । डिजिटल वल्र्डमा तत्काल सबै कुरा प्राप्त गर्न सकिने हुनाले यो निकै प्रभावकारी छ ।

काम पाउन कत्तिको सहज छ ? यही मात्रै काम गरेर नेपालमा टिक्न सकिन्छ ?
कयौं युवा बिदेसिइरहेका छन् । तर अवसर खोजियो र परिश्रम गरियो भने यहीँ पनि धेरै गर्न सकिन्छ । त्यसका लागि जाँगर, परिश्रम र दृढता चाहिन्छ । एक महिना मेहनत गरेर निश्चित तलब पाउने मान्छेहरू पनि यहीँ छन् तर मेरो काम भनेको नयाँ अवधारणाका साथ सिर्जनशील काम गरेर देखाउने हो । मेरो हकमा २० सेकेन्डको भिडियोले पनि राम्रो आम्दानी गरिरहेको छ । आफू ‘हार्ड वर्किङ र क्रियटिभ’ भइयो भने यो काम गरेर मज्जाले टिक्न सकिन्छ ।

 Image