५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू

स्थानीय रूपमा प्रसारित घटनालाई आधार बनाइ दक्षिण कोरियाले फेव्रुअरीको मध्यदेखि कोविड १९ को तथ्यांक राख्न शुरु गरेको छ । जसमार्फत शुरुवातमा थोरै घटनाहरू मात्र देखिए, ति सबै विदेशबाट आएका व्यक्तिहरूमा थियो । त्यसयता दक्षिण कोरियाले तिब्र रुपमा ट्रेसिंग र उपचारलाई मात्र नभइ सुरक्षा र रोकथाममा समेत सक्रिय भएर लागेको थियो ।
दक्षिण कोरियामा कोभिड–१९ वाट १० हजार ७ सय ९३ जनामा संक्रमित भएको पुष्टी भएको छ भने २ सय ५० जनाको मृत्यु र करिब १० हजार जना उपचारपछि निको भएर घर फर्किएका थिए । दक्षिण कोरियनको प्रयासले यसपटक कोभिड–१९ लाई लकडाउन विनानै सफलता हात पारे । ‘यो दक्षिण कोरिया र यहाँका जनताको विवेकले गर्दा हो, यो उनीहरुकै जित हो ।
कसरी सम्भव भयो ?
फेब्रुअरीको शुरुवाततिर दक्षिण कोरियामा संक्रमण भएका व्यक्तिहरुको संख्यामा वृद्धि देखियो । देगु शहरको चर्चका एक सदस्यले दर्जनौं ब्यक्तिलाई संक्रमित गराएको पाएपछि हजारौं मुद्दा उक्त चर्चसंग जोडिएर आएका थिए । त्यसपछि कोरियन सरकारले एक ब्यापक रुपमा परीक्षण अभियान शुरू गरेको थियो । नि:शुल्क परीक्षण उपलब्ध गराउने क्लिनिकहरू देशभर स्थापना गरिएको थियो । राजधानी सियोलमा सवारी साधनमै परीक्षण गर्ने ब्यवस्था मिलाईयो । प्रभावकारी ढंगले संक्रमित पत्ता लगाउने कामलाई दु्रत पारियो । संक्रमित भएकाहरुवाट ट्रेसिंग शुरू गरियो । दक्षिण कोरिया सरकारले सबै चर्चहरूलाई जमघट गर्न प्रतिबन्ध लगायो भने अहिले संक्रमण दर कम भएपछि तिनीहरु खोलिएका छन् ।
परीक्षणमा रहेका ब्यक्तिहरुले कुनै किसिमको छलकपट गर्न पाइन्नथ्यो भने उनीहरुले सामाजिक दुरी बनाएर बस्नैपथ्र्यो । दक्षिण कोरियाका क्याफ्टेरियामा साथीहरूसंगै साथै बसेर खाने चलनलाई पनि कम गरियो । त्यहाँका क्याफे र रेष्टुरेन्टहरुले सुरक्षाका लागि पर्दा राखिन थालियो ।
दक्षिण कोरियाका धेरै स्थानमा अहिले जिवन सामान्य अवस्थामा फर्किदै गएको छ मानिसहरु सडकमा कमै देखिन्छन् । कुनै अफिस, मल, रेष्टुरेन्ट वा सार्वजनिक स्थानमा जानु अगाडी उनीहरूको तापक्रम मापन गरिन्छ भने सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।
अप्रिलको सुरुमा भएको राष्ट्रियसभाको चुनावमा मतदान गर्न हजारौं मानिस मतदान केन्द्रमा लाइनमा बसे । तिनीहरूलाई पन्जा र मास्क अनिवार्य गरिएको थियो । दक्षिण कोरियाले व्यापार तथा अन्य आर्थिक कारोवारलाई दोस्रो प्राथमिकतामा राखेर कोभिड–१९ निर्मुलमा लाग्यो । फेब्रुअरीको अन्त्य र अप्रिलको मध्यसम्ममा सुरक्षा उपायहरूका कारण संक्रमितको संख्या ह्वात्तै तल झरेर सयको हाराहारीमा आएको थियो ।
सुरक्षित शिक्षण संस्था र यातायात सेवा
त्यहाँको सरकारले सार्वजनिक यातायात अपेक्षाकृत भाइरसमुक्त राख्नको लागि बलियो व्यवस्था गरेको छ । सबवे स्टेशनहरू सावधानीपूर्वक स्वस्थ राखिएका छन् । दक्षिण कोरियाको लोकप्रिय खेल बेसबललाई संचालन गरिएको छ तर रंगशालामा दर्शकको उपस्थिती गरिएको छैन । खेलहरु टेलिभिजनमा मात्र प्रसारण हुन्छ । स्कूले विद्यार्थीहरू अनलाईन शिक्षा मार्फत् स्कूलको अध्ययनमा फर्केका छन् ।
अन्य कदम
दक्षिण कोरियाले दैनिक जीवनका बिभिन्न पक्षहरूमाथि लिएको कडा कदमले यस प्रकोपलाई नियन्त्रणमा राख्न सकेको हो । कुनै पनि मुलुकबाट अब यहाँ भित्रिने जोकोहीले पनि क्वारेनटिनमा बसेर केही समय बिताउनै पर्छ । जबसम्म कोभिड–१९ को खोप पत्ता लाग्दैन तबसम्म यो महामारी फेरि आउनेमा दक्षिण कोरियाली अधिकारीहरु निश्चित रहेका छन् ।
(जनसंख्या तथा वातावरण मन्त्रालय दक्षिण कोरियामा शोध अनुसन्धनतकर्ताका रुपमा कार्यरत वातावरणविद् आस्था बिन्दु मल्ल ठकुरीसंग नारीका लागि लक्ष्मी भण्डारीेले गरेको कुराकानीमा आधारित)