Successfully Copied

दुबै खुट्टा काटिए पनि नाँचेर खुशी बाँडी रहेकी छु

मलाई राम्रोसँग थाहा छ एउटा राम्रो नृत्यागंना हुनकालागी दुई खुट्टा, दुई हात र आकर्षक अनुहार चाहिन्छ, ईग्ल्याण्डकी ३२ बर्षिया नृत्यागंना केट हकिन्स भन्छिन्, मलाई मेरा खुट्टाहरूसंगको घनिष्टता थाहा थियो । मैले नृत्यका कारण विताएका सफल वर्षहरूको संझना साँचेकी छु ।

मलाई राम्रोसँग थाहा छ एउटा राम्रो नृत्यागंना हुनकालागी दुई खुट्टा, दुई हात र आकर्षक अनुहार चाहिन्छ, ईग्ल्याण्डकी ३२ बर्षिया नृत्यागंना केट हकिन्स भन्छिन्, मलाई मेरा खुट्टाहरूसंगको घनिष्टता थाहा थियो । मैले नृत्यका कारण विताएका सफल वर्षहरूको संझना साँचेकी छु । ति बिताएका क्षण संझदा म नै यो संसारमा छैन कि जस्तो लाग्यो । किनभने अब मेरो जीवनको सबैभन्दा मन पर्ने र महत्वपुर्ण काम गर्नबाट म बञ्चित भएं भन्ने लाग्यो । अहिल लकडाउनमा घरभित्रै रहेका मानिसहरुलाई उनी हरेक दिन भच्र्युअल माध्यमद्धारा नृत्य देखाएर मनोरञ्जन दिन्छिन् ।

केट भन्छिन्, मेरो खुट्टाको स्मृति एक शारीरिक अनुभूति हो, त्यो दुखाई कहिलेकांही सियोले जस्तै घोचिरहन्छ । म नृत्य प्रदर्शन गर्दाको रोमाञ्चकतालाई कहिल्यै भुल्न सक्दिन त्यसैले आजसम्म पनि यसलाई निरन्तरता दिइरहेकी छु । त्यो कालो दिन डिसेम्बर ४ सन् २००७ को बिहान जब उनले आँखा खोलिन आफुलाइ अत्यन्त बिरामी महसुस गर्नथालिन् ।

लीड्स विश्वविद्यालयको पहिलो वर्षकी विद्यार्थी उनी उक्त बिहान व्युंझिंए लगत्तै उठ्ने प्रयास गर्दा बेडरुमको ढोकामा ठोक्किदै सोफामा ढलिन् । आफुलाई ‘मेनिन्जाइटिस बी’ जीवाणु संक्रमण भएको उनलाइ के थाहा ? जबकी उक्त जीवाणुको संक्रमणले मानिसलाई चार घण्टाभित्र मार्न समेत सक्छ । त्यो बिहान अचानक बान्ता, बेहोशी, आँखा मालिनो देखिन थाल्यो ।

उनलाई तत्काल अस्पताल लगियो । अस्पतालका एक डाक्टरले उनको छातीमा पुरानो दाग देखाउंदै तुरुन्तै के भइरहेको छ भन्ने कुरा पत्तालगाइ हाले । उनलाइ बेहोस पारियो उनले लगाएको ह्यारी पोर्टर पाइजामा काटिए । केटको शरीर आफैसंगको युद्धमा हारेर बेहोस अवस्थामा राखिएको थियो । उनको प्रतिरक्षा प्रणाली ब्याक्टेरियाहरूले कमजोर बनाउदैं लगे । संक्रमण रोकिनुको सट्टा यसले शरीरको महत्वपूर्ण अंगहरुमा आक्रमण गर्ने देखियो । ‘हामीले तपाईंको दुबै खुट्टा काट्नु पर्ने हुन्छ ।’ डाक्टरले यसो भन्दा उनी छाँगा बाट खसे जस्ती भइन् ।

मेरो आमाबुबा र भाई अस्पतालमा आइपुगे, तर मलाई क्वारेन्टाइन रुममा राख्नुपर्ने डाक्टरको सल्लाह अनुसार आधुनिक मेशिन जडित कोठामा एक्लै राखियो । अभिभावकहरुलाई आजको रात मेरो अन्तिम रात पनि हुनसक्ने धेरै रहेको बताए । डाक्टरले गर्ने भनेको त्यत्ति मात्र हो, त्यो भन्दा अर्को कुनै ठाउं नै थिएन् । मेरो जीवनको त्यो महत्वपूर्ण २४ घण्टा मैले कटाएरै छोडे । मलाई बचाउन डाक्टर र नर्सहरुले लगातार तिन हप्ता दिनरात नभनेर काम गरे । ‘माफ गर्नुहोला, माफ गर्नुहोला’ तपाईंको दाहिने खुट्टा काट्नु पर्ने भयो यसको उपचार नै छैन । डाक्टरहरुको यो आवाजले मलाई घायल बनायो । उनी भन्छिन्, म ती शब्दहरू सधैको लागि सम्झन्छु । म त्यो दिन चिच्याएं, कराएं ।

त्यसपछि के भयो मलाई ठीकसंग याद पनि छैन । उनले आफ्नो १९औं जन्मदिन र क्रिसमस बिरामी अवस्थामै बिताइन् । मध्यरातमा नर्सहरू दूधको गिलासका साथ उनको अगाडी उपस्थित भए, त्यो क्षण भनेको उनको १९ औं बर्थडे थियो । मेनिन्जाइटसको संक्रमणले उनको दुबै मिर्गौला समेत खराब भएको थियो । हरेक दिन जसो डायलासिस गर्नुपथ्र्यो । जुन त्यतिखेर खुट्टाको उपचार भन्दा बढी महत्वपूर्ण मानिन्थ्यो । बिस्तारै डायलासिसले म पुरानै अवस्थामा फर्किन थाले ।

खुट्टाका घाउहरुमा नयाँ मासु पलाउन थाले, जसले मलाई पुरानो पात झरेर नयाँ पालुवा पलाएको बिरुवा झै बनायो । ममा बाँच्ने आशा र आत्मविश्वास अंकुराउन थाल्यो । एक बर्ष लामो उपचारपछि मलाई ह्विलचियरमा राखेर घर लगियो । उनको शरिरको सबैभन्दा प्रिया अंग नै खुट्टा थियो । खुट्टाकै सहारामा उनले आफ्नो नृत्यको भित्रि ईच्छा पुरा गर्ने बाल्यकाल देखि सोचेको सपना रहेको थियो । खुट्टाको दैनिक ड्रेसिंग गर्दा उनी आफ्नो दृष्टि त्यहांबाट हटाउंथिन् ।

कहिलेकाही अझै पनि उनलाई लाग्छ आफ्ना खुट्टा सग्लै छन् कि भनेर । मेरो शरीरवाट टुक्रेर गएको त्यो अंग देख्दा कहालीलाग्छ र त्यो क्षण संझन पनि चाहिन । मैले निराशाका भवनाहरुलाई उतिबेलै तिरस्कार गरेको थिए । जीवनमा आइपरेका अप्ठ्याराहरुसंग डराएर होइन डटेर सामना गर्नुपर्ने केटको सुझाव छ । अहिलेको यो महामारीमा हामी त्रसित भएर होइन आत्मविश्वासी भएर अगाडी बढ्नुपर्ने हुन्छ । आफुलाई सुरक्षित गर्दै अरुलाई बचाउन के गर्न सकिन्छ त्यसमा हामी चुक्नु हुदैन । त्यसैले अहिले म आफुमा भएको कला मार्फत् नृत्य प्रस्तुत गरेर विश्वका लाखौं स्वास्थ्यकर्मी एवं करोडौं दर्शकलाई लकडाउनले हुनसक्ने डिप्रेसनवाट मुक्त गराउने प्रयासमा रहेको छु ।

स्रोत : बिबिसी डट कम

अनुवाद  : लक्ष्मी भण्डारी

 Image