Successfully Copied

कोरोना जितेकी वृद्धा भन्छिन्, औषधिभन्दा ठूलो आत्मबल रहेछ

नेपालमा छैटौं कोरोना सङ्क्रमितका रुपमा देखिएकी मनकुमारी नेपालमा कोरोना संक्रमणलाई जित्ने तेस्रो व्यक्तिका भएकिछिन् । उनले कोरोना भाइरसको संक्रमण हुदैमा नआत्तिन अन्य सङ्क्रमितलाई समेत सुझाब दिइन् ।

कोरोना सङ्क्रमणबाट निको भएकी वाग्लुङ गौडाकोटकी ६५ वर्षीया वृद्धा मनकुमारी पौडेलले सबैभन्दा ठूलो कुरा आत्मबल रहेको अनुभव सुनाएकी छन् । तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि घर फर्किएकी पौडेलले बुढेसकालमा नयाँ रोगले समाते पनि आफूले रोगलाई जित्छु भन्ने हिम्मत अनुसार अस्पतालमा बसेको बताइन् । ‘सबैभन्दा ठूलो कुरा हिम्मत र सकारात्मक सोच रहेछ’, मनकुमारीले भनिन्, ‘औषधिभन्दा ठूलो आत्मबल रहेछ, जसकारण औषधि नै नभएको कोरोनालाई जित्न सफल भएकी छु ।’

नेपालमा छैटौं कोरोना सङ्क्रमितका रुपमा देखिएकी मनकुमारी नेपालमा कोरोना संक्रमणलाई जित्ने तेस्रो व्यक्तिका भएकिछिन् । उनले कोरोना भाइरसको संक्रमण हुदैमा नआत्तिन अन्य सङ्क्रमितलाई समेत सुझाब दिइन् । उनले तातोपानी खान र सरसफाइमा ध्यान दिएर अलग्गै बस्दा कोरोनाबाट बच्न सकिने अनुभव सुनाइन् । ‘दमको रोगी भएका कारण कोरोना जित्न मुस्किल पर्छ कि भन्ने थियो, हिम्मत हारिन आत्मबल बढाउँदै लगे अन्त्यमा कोरोनलाई जितेर घर फर्किने भएकी छु’, उनले भनिन् ।

मनकुमारीले विगत १५ वर्षदेखि दमको औषधि सेवन गर्दै आएकी थिइन् । उनले अन्य सङ्क्रमितलाई समेत धैर्य गरेर अस्पतालमा बस्न आग्रह गरिन् । आफूले घरमा समेत सरसफाइका साथ परिवारबाट अलग्गै बस्नाले अन्य सदस्यलाई सर्न नपाएको भन्दै पूर्वसचेतनासमेत अपनाउनु पर्ने बताइन् । धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचार गराएकी पौडेलको भर्ना भएको १५औँ दिनमा तेस्रो पटक स्वाब परिक्षण गरिएको थियो ।

पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण स्वाबको रिजल्ट नेगेटिभ आएको र पुनः भोलिपल्ट पनि स्वाब परीक्षणका लागि पठाइएकोमा समेत रिपोर्ट नेगेटिभ आएका कारण बिरामीलाई कोरोना निको भएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार अस्पतालमा एक जना युवती २० दिनदेखि कोरोना सङ्क्रमितका रुपमा उपचाररत छिन् । पौडेलमा शुरुकै दिनदेखि कोरोनाको लक्षण भने देखिएको थिएन । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी पौडेललाई चैत २० गते पुष्टि भएको थियो । दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले घर पठाउने तयारी गरेको छ ।

घर पठाए पनि उनलाई घरमै क्वारेन्टाइनमा बस्नका लागि सल्लाह दिइएको डा. पोखरेलले बताए । ‘उहाँ अझै केही समय होम क्वारेन्टाइनमै बस्नुहुन्छ’, डा. पोखरेलले भने, ‘हामीले उहाँको स्वास्थ्य अवस्थाबारे घरमै रहेका बेलामा समेत बुझ्नेछौँ ।’ उनीसँगै बेल्जियमबाट फर्किएकी अर्की सङ्क्रमित बागलुङकै १९ वर्षीया युवतीको भने चौथो पटकको स्वाब परीक्षण समेत पोजेटिभ आएको अस्पतालले जनाएको छ । पोजेटिभ रिपोर्टसँगै युवतीको अस्पतालको बसाइ लम्बिएको छ ।

 Image