वर्षाको समयमा कस्तो मेकअप गर्ने ?
वर्षामा लामो समयसम्म मेकअप टिकाउन चुनौतीपूर्ण हुन्छ । यदि मौसमअनुरूप मेकअप गरे यो मौसममा पनि मेकअप लामो समयसम्म टिक्छ । वर्षाको समय भए पनि छालालाई नरम बनाउनुपर्छ । त्यसैले गुणस्तरीय मोस्चराइजर प्रयोग गर्नुपर्छ ।

चिनु गुरुगं ( बरिष्ठ सौन्दर्य बिशेषज्ञ )
अहिले फुर्सदको बेला छ । स्वस्थसँगै सौन्दर्यमा समेत ध्यान दिन हामीलाई समय मिलेको छ । यो फुर्सदको समयको उपयोग गर्दै होममेड प्याकबनाएर घरैमा फेसियल गर्न सकिन्छ ।
बादाम ठुलो : ५ पिस
रातो दालः २ चिया चम्चा
चनाः २ चिया चम्चा
चामल : १ चम्चा
यि सबै सामग्रीलाई राम्रोसँग सफा गरी ४ देखि ८ घण्टा भिजाउने । चना र बादामको बोक्रा निकालेर फेरी पानिले सफागरी यो सबै तयारी सामानमा २० एमएल पानी राखेर ब्लेंडरमा मसिनो गरी पिस्ने र शीशाको कचउरामा राख्ने ।
अब यो तयारी पेस्टमा ड्राई छाला छ भने दूधको तर या नारिवलको तेलले २ मीनेट मालिस गर्ने वा चिल्लो छ भने काचो दूधले सफा गर्ने, अतिनै चिल्लो छ भने १ चिम्टी फिटकिरी राख्न सकिन्छ । अब १ ठुलो चम्चा नीकालेर त्यसमा ५ थोपा गोलभेडाको रस, ५ थोपा मह मिसाउँदा गोलभेडाले छालालाई कसिलो बनाउछ भने महँले चमक दिन्छ ।
यो प्याक लगाउँदा सफा हातले अली समय लगाएर दल्नुपर्छ । १० देखि १५ मिनेट पछि पानीले भीजाएर कहीबेर मालिस गरे जस्तै गरी चीजाउँदै निकाल्दै गनुपर्छ । यसो गर्दा तपाईको मृत कोशिका ( डेडसेल ) पनि जान्छ साथै तपाईको दैनिक प्रयोग गर्ने, मोश्चराइजर, क्रिम, सिरम जस्ता प्रसाधन छाला भित्र सजीलै छिर्छन् ।
अब ५ मिनट खुला छोड्नुहोस । आफ्नो छालाको प्रकार अनुसारको आफु सँग भएको उत्पादन लगाउनु होला । अब तपाइको अनुहार हेर्नुहोस् पक्कै फरक पाउनुहुनेछ ।