Successfully Copied

नेचुरल फेब्रिक: स्वस्थ र फेसनेबल 

अहिले फेसनमा पनि प्राकृतिकपन खोज्न थालिएको छ । सँगै आफूले प्रयोग गरेका सामग्रीले प्रकृतिमा असर नपरोस् भनेर फेसनप्रेमी सचेत हुन थालेका छन् । पोलिस्टर, नाइलन आदिले वातावरण प्रदूषित बनाइरहेको छ । पोलिस्टरका कपडा माटोमा मिमिन एक सय वर्षभन्दा बढी समय लाग्छ ।

अहिले फेसनमा पनि प्राकृतिकपन खोज्न थालिएको छ । सँगै आफूले प्रयोग गरेका सामग्रीले प्रकृतिमा असर नपरोस् भनेर फेसनप्रेमी सचेत हुन थालेका छन् । पोलिस्टर, नाइलन आदिले वातावरण प्रदूषित बनाइरहेको छ । पोलिस्टरका कपडा माटोमा मिमिन एक सय वर्षभन्दा बढी समय लाग्छ । जसकारण सचेत फेसनपारखीले वातावण बचाउन र प्रदूषण घटाउन प्राकृतिक कपडाप्रति आकर्षण बढाएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा प्राकृतिक कपडाको माग बढिरहेका बेला नेपालका फेसनपारखी पनि यसतिर आकर्षित भएका हुन् । नेचुरल फेब्रिक (हरयाम, कटन, बाम्बो, अल्लो, सिल्क आदिबाट बनेका कपडा)को माग नेपाली बजारमा बढ्दो छ । पहिला यी कपडा महँगो, परम्परागत र कम टिकाउ हुने भन्दै रोजाइमा पारिँदैनथ्यो । तर पहिरनलाई स्वास्थ्यसँग जोडेर हेर्न थालिएसँगै नेचुरल फेब्रिकमा डिजाइनर वेयर बनाइने ब्रान्ड बढेका छन् । सबा नेपाल, बोरा स्टुडियो, अबिर डिजाइनर हब, एकादेशमा, करुणा वेयर आदि प्राकृतिक फेब्रिकमा ट्रेन्डी डिजाइन गर्ने ब्रान्ड हुन् । प्राकृतिक फेब्रिकबाट कपडा लगाउनु स्वास्थ्यका हिसाबले निकै लाभदायक मानिन्छ । 

नेपालमै बनाइने एक मात्र फेब्रिक अल्लो दार्चुला र शंखुवासभामा उत्पादन हुन्छ । यसको धागो बनाउनेदेखि कपडासमेत नेपालमै बन्छ । अल्लो एन्टी फंगल हो । स्किन एलर्जी छ भने यसको प्रयोगले कम गर्छ । यो अन्य कपडाको तुलनामा बलियो हुन्छ । यसको विशेषता भनेकै न्यानो र बलियो हो । त्यस्तै कटन, बाम्बो, ह्याम फेब्रिकले गर्मीमा शीतलता दिन्छन् । कटनले पसिना सोस्छ । कसैमा सिन्थेटिक फेब्रिकको प्रयोगले पसिना गन्हाउने समस्या छ भने यी कपडाको प्रयोगबाट समस्या हटाउन सकिन्छ । 

गर्मीको समयमा कटन, ह्याम, बाम्बो र सिल्क फेब्रिकबाट क्याजुअल ड्रेस, कामकाजीहरूका लागि सर्ट, स्कर्ट, पाइन्ट, वान पिस आदि विभिन्न डिजाइनमा बनाउन सकिन्छ । त्यस्तै टिनएजरलाई स्कर्ट, ड्रेस, 

ट्याङ टप राम्रो देखिन्छ । यी फेब्रिकको सल पनि बनाउन मिल्छ । यस्ता फेब्रिकमा कुरुसले बुनेर हेभी लुक्स दिन सकिन्छ । बाम्बोमा कलर डाइ गरेर साडी पनि बनाउन सकिन्छ । अल्लोको कोटसँगै कटन मिक्स फेब्रिक छ भने टप्स, कुर्ती, वान पिस, स्कर्ट, आउटर पनि बनाएर लगाउन सकिन्छ । यी सबै प्राकृतिक फेब्रिकमा नेचुरल डाइ र केमिकल डाइ दुवै गर्न मिल्छ । प्रदूषण नहुने हिसाबमा नेचुरल डाइ नै उपयुक्त हुन्छ । अवको फेसन ट्रेन्डमा टाइ एन्ड डाइ फेब्रिक भित्रदै छ जुन नेचुरल फेब्रिकमा अझ राम्रो देखिन्छ । 

अरू कपडाको तुलनामा यस्ता नेचुरल फेब्रिकको बढी केयर गर्नुपर्छ । यस्ता कपडालाई नर्मल ह्यान्ड वास गरेर छायामा सुकाउनुपर्छ । बाम्बो र ह्याम चाउरिपर्ने फेब्रिक भएकाले कभर लगाएर झुन्ड्याउनुपर्छ ।

 

 Image