प्रेमिल जोडी
एकजना साथीले मोडल करिष्मा केसीलाई ‘सलोन बस्नेतसँग म्युजिक भिडियो खेल्ने हो ?’ भनेर अफर गरे । करिष्माले ‘हुन्छ’ भनिदिइन् । सलोनले अभिनय गरेको ‘होस्टल’ चलचित्र हेरेपछि करिष्मा उनको फ्यान बनेकी थिइन् ।
                            
              कलंकीस्थित नेपाल नेसनल हस्पिटलमा नि:सन्तान दम्पतीका लागि नेपाल नेसनल फर्टिलिटी सेन्टरको स्थापना भएको छ । गत महिना सेन्टरको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुरुष वा महिलामा हुने बाँझोपनको समस्याले पारिवारिक विग्रह ल्याउने बताए । तिमिल्सिनाका अनुसार नि:सन्तानको समस्याले महिलाहरू बढी पीडित हुने गरेका छन् । नि:सन्तान दम्पतीका लागि सेन्टरले गुणस्तरीय उपचार गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा हस्पिटलका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा: प्रकाश पौड्यालले अस्पतालले स्थापनाकालदेखि नै विभिन्न सेवा गर्दै आएको जानकारी दिए । अस्पतालले छोटो समयमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सफल भएको दाबी उनले गरे । बाँझोपनको समस्या विकराल रहेको बताउँदै फर्टिलिटी सेन्टरको स्थापना अस्पतालको सेवा बिस्तारका अतिरिक्त नि:सन्तान दम्पतीका लागि सन्तान प्राप्तिको उपचार महँगो भएको भन्ने धारणालाई चिर्दै उपचारलाई सर्वसुलभ बनाउने उद्देश्यले निर्देशित भएको डा. पौड्यालले बताए ।
कार्यक्रममा अस्पतालकी फर्टिलिटी सेन्टर प्रमुख डा. निकिता ढकालले नेपालमा हरेक ६ जोडीमध्ये एकजोडीमा नि:सन्तानको समस्या रहेको बताइन् । डा. ढकालका अनुसार नि:सन्तानको समस्याले डिप्रेसन, एन्जाइटी, पारिवारिक विग्रह तथा सामाजिक बहिष्करणजस्ता समस्या निम्त्याउने गरेको छ ।
न्यूनतम शुल्कमा सर्वसाधारणलाई सेवा प्रदान गर्ने तथा ठाउँ–ठाउँमा बाँझोपन निदानसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न स्थापित नेपाल नेसनल फर्टिलिटी सेन्टरको उद्देश्य रहेको डा. ढकालले बताइन् । कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भोला रिजाल, राष्ट्रिय सभा सदस्य गंगा बेल्बासे, प्रदेश सांसद केशव पोखरेल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्ले तथा अस्पताल संचालक समितिका अध्यक्ष रामचन्द्र शर्मा आदिले आ–आफ्नो धारणा राखेका थिए ।