सिड्नीमा हेरिटेज अफ फेसन 

नारी संवाददाता

चैत्र ८, २०७६ एएसएपी इन्टरटेनमेन्टको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा ‘हेरिटेज अफ फेसन–२०२०’ सम्पन्न भएको छ । फेसन शोमा नेपालसहित भारत, चीन, अस्ट्रेलिया, न्युजिल्यान्ड, कोरिया, फिलिपिन्सलगायत देशका ३५ मोडल र्‍याम्प वाल्कमा देखिएका थिए । उनीहरू विभिन्न ९ सिक्वेन्समार्फत र्‍याम्प वाल्कमा प्रस्तुत भएको आयोजक संस्थाका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले जनाए । 

सहभागी मोडल अडिसनमार्फत अस्ट्रेलियामा नै छनोट गरिएको हो । शोमा सहभागी नेपाली मोडल नेपालका विभिन्न जातजातिले लगाउने पोसाकसहित नेपाल झल्काउने थिममा सजिँदै र्‍याम्प वाकमार्फत प्रस्तुत भएका थिए । फेसन शोमा चर्चित मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्राकार शो टपर भएका थिए । फेसन शो मार्च १४ तारेखमा अस्ट्रेलियाको सिड्नीमा रहेको सोफिटेल होटलमा भएको हो । 

यसअघि एएसएपी इन्टरटेनमेन्टले पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल’ नामको फेसन शो आयोजना गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>