Successfully Copied

गायनमा सराना

सराना अहिले बुवा मदनकृष्ण श्रेष्ठसँग बढी समय बिताइरहेकी छिन् । उनलाई बुवाले त्यत्तिकै बस्न दिएनन् । केही महिनाभित्रै ७–८ वटा गीत रेकर्ड गर्न लगाए । ‘पानी छाया’ गीत बुवासँग गाउन पाउनु उनका लागि अविस्मरणीय क्षण हो । जब सराना गीत गाउँछिन् तब मदनकृष्ण लठ्ठ पर्छन् ।

छ वर्षकै उमेरमा कमर्सियल गीत गाएकी सरानाले मह संचारका लागि थुप्रै गीत गाइन् । उनले रेडियो नेपालमा गाएको ‘आज एउटा मुसा घरमा पसेछ’ बाल गीत धेरैले रुचाए । उमेर बढेसँगै पाश्र्वगायनमा सक्रिय उनले राजेश पायल राई, खेमराज गुरुङ, आनन्द कार्की, हरिवंशसँग पनि युगल गीत गाइन् । तर कामको सिलसिलामा अमेरिका पुगेपछि उनको गायनयात्रा सुस्तायो । वल्र्ड बैंककी जागिरे उनले आमा बिरामी भएपछि नेपाल आवतजावत बढाइन् ।

सराना अहिले बुवा मदनकृष्ण श्रेष्ठसँग बढी समय बिताइरहेकी छिन् । उनलाई बुवाले त्यत्तिकै बस्न दिएनन् । केही महिनाभित्रै ७–८ वटा गीत रेकर्ड गर्न लगाए । ‘पानी छाया’ गीत बुवासँग गाउन पाउनु उनका लागि अविस्मरणीय क्षण हो । जब सराना गीत गाउँछिन् तब मदनकृष्ण लठ्ठ पर्छन् । अहिले उनी बुवाले लेखेका गीतको भिडियो बनाउँदैछिन् । 

सरानालाई सरल र अर्थपूर्ण गीत गाउन मनपर्छ । साथै अहिले उनलाई गीत लेखन, कम्पोज र निर्देशनमा रुचि बढ्न थालेको छ । उनलाई आधुनिक गीत मन परे पनि लोक, सेमीक्लासिकल, स्लो रक गीत पनि गाउँछिन् । अमेरिकामा बसोबास गर्दा पनि विभिन्न कार्यक्रममा आफ्नै गीत गाउँथिन् ।  

 

 Image