अन्र्तराष्ट्रिय मञ्चमा नेपाली चेलीको सफलता

नारी संवाददाता

चैत्र २, २०७६

बेलायतमा सम्पन्न मिस इंग्ल्यान्ड शीर्षकको सौन्दर्य प्रतियोगितामा नेपाली मूलकी प्रतिष्ठा राउत सेकेन्ड रनरअप भइन् । २० हजार आवेदनबाट उनी फाइनलसम्म पुग्न सफल भएकी हुन् । 

टप–२० सम्मको यात्रा तय गर्ने आशा राखेकी प्रतिष्ठा भन्छिन्, ‘मेरा लागि यो अनपेक्षित थियो ।’ प्रत्येक वर्ष भाग लिइरहेका प्रतिस्पर्धीहरूका अगाडि उनी नयाँ थिइन् । उनी भन्छिन्, ‘सवैजना अनुभवी थिए । कुन राउन्डमा के गर्ने कसरी गर्ने भन्ने उनीहरूसँग अनुभव थियो ।’

 टप–३ सम्म आइपुग्दा उनलाई एकदमै खुसी लागेको बताउँछिन् । उनले च्यारिटीका लागि सबैभन्दा धेरै पैसा संकलन गरेकी थिइन् । यसका लागि उनलाई च्यारिटी क्विनको उपाधि दिइएको थियो । त्यसका साथै उनले ‘ब्युटी अफ द प्रपोज’ को समेत उपाधि जितेकी थिइन् । 

२६ वर्षीया प्रतिष्ठा हङकङमा जन्मिएकी हुन् । उनी ५ वर्षको उमेरदेखि परिवारसँग बेलायतमा बस्दै आएकी छिन् । उनका बुवा बेलायती गोर्खा सैनिक हुन् । १६ वर्षको उमेरदेखि नै मोडलिङमा लागेकी प्रतिष्ठा पेसाले आर्किटेक हुन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>