Successfully Copied

कलाकार जयाको ड्रिम वाक २०३३ मा

चित्रकार जया शर्माको एकल चित्रकला ‘ड्रिम वाक २०३३’ नामक चित्रकला बबर महल स्थित आर्ट काउन्सिलमा प्रदर्शनी गरेकी छिन् । २०३३ सालमा जन्मेकि उनी जन्मे देखि नै सपनाको यात्रामा अनवरत हिडि रहेको अनुभव गर्छिन् । 

प्रदर्शनीमा उनले आफ्नो जीवनको उतारचढावहरूलाई चित्रको माध्यमबाट प्रस्तुत गरेकी छन् । चित्रहरूमा उनले जीवनका विभिन्न महत्वपूर्ण क्षणहरू प्राथमिकता दिएकी छन् । प्रदर्शनीमा विम्वात्मक शैलीका चित्रहरूले विभिन्न कालखन्डलाई उतारेकी छिन् । जन्मदेखि मृत्युसम्म मानिसले जीवनका अनुभव गरेको भोगाइहरू क्यानभासमा उतार्न खोजेकी छिन् । 

जीवनका विभिन्न परिस्थितिलाई समावेश गरेर २७ वटा चित्रकलासहित नौ प्रतिस्थापन कला राखेकी छन् ।  खराब स्वास्थ्य अवस्थाको चरण, अध्ययन, विवाह, सन्तानको जन्म र पारिवारिक स्थितिलाई आर्ट काउन्सिलको विभिन्न कुनामार्फत प्रस्तुत गरेकी छन् । 

बाल्यवस्था, युवाअवस्था, पुर्नजन्म, विवाह र जीवनका आरोह–अवरोहलाई मैले फर्किएर हेर्ने प्रयास गरेको हुँ,’ उनले भनिन्,‘यसलाई म कला अभिव्यक्ति भन्न रुचाउँछु । कारण हाम्रो जीवनअघि र मृत्युपछि अन्धकारको अवस्था हुन्छ । म जन्मिनुअघि र जीवनका विभिन्न उतारचढावहरूलाई फर्केर हेर्ने प्रयास गरिरहेको छु।’

 Image