Successfully Copied

घुम्न जानुअघिको तयारी 

 हवाईजहाजबाट यात्रा गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ । त्यसमध्ये एक हो, प्याकिङ । हवाई यात्रा गर्दा धेरै चीज बोक्न पाइँदैन । त्यसको जानकारी हुनु जरुरी हुन्छ । तनावमुक्त भएर यात्रा गर्न केही सामान बोक्नु आवश्यक हुन्छ जसले यात्रालाई सुखद् अनि स्मरणीय बनाउँछ । 

 

    घुम्न जानुअघि मौसम अनुकूल कपडा बोक्नुपर्छ । 

    कुन ठाउँमा घुम्न जाने हो उक्त ठाउँका बारेमा विस्तृत जानकारी लिनुपर्छ ।

    साथमा औषधि बोक्न बिर्सनुहुँदैन । जस्तै: अपच हुने समस्याका लागि, टाउको दुखेको, बान्ता रोक्ने, ओरल रिहाइड्रेसन आदि ।

    यात्राका क्रममा फोनमा सेक्युरिटी एप्स डाउनलोड गर्नुपर्छ । जसले होटल तथा फ्लाइटसको जानकारीदेखि लिएर भाषा ट्रास्लेटसम्ममा मद्दत गर्छ ।

    आफ्नो सामान कतै छुट्न सक्छ । त्यसैले सावधानी अपनाउनुपर्छ । कतिवटा लगेज छ, आफ्नो लगेजको रंग कस्तो छ ख्याल गर्नुपर्छ । कमन रंग भए रिबन वा अन्य केही चिन्हमार्फत आफ्नो लगेज छुट्याउन सकिन्छ । 

हवाई यात्रा गर्दा

 हवाईजहाजबाट यात्रा गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ । त्यसमध्ये एक हो, प्याकिङ । हवाई यात्रा गर्दा धेरै चीज बोक्न पाइँदैन । त्यसको जानकारी हुनु जरुरी हुन्छ । तनावमुक्त भएर यात्रा गर्न केही सामान बोक्नु आवश्यक हुन्छ जसले यात्रालाई सुखद् अनि स्मरणीय बनाउँछ । 

    ब्यागमा हाइजेनिक वाइप्स बोक्न बिर्सनुहुँदैन । शौचालयको सिटमा हानिकारक ब्याक्टेरिया पनि हुन सक्छन् । वाइप्सका साथै हात सफा गर्न सेनिटाइजर पनि बोक्न सकिन्छ । 

    आई मास्क र इयर प्लग बोक्न बिर्सनुहुँदैन । लामो यात्रा गर्दा पत्रिका र मनपर्ने पुस्तक बोक्न सकिन्छ । 

    आवश्यक सामानहरू पहिले नै किनेर तयार राख्नुपर्छ । एयरपोर्टमा महँगो हुनसक्छ ।

    मधुर संगीत सुन्दै यात्रा गर्नुको छुट्टै मज्जा छ । जब फ्लाइटमा अल्छी लाग्यो वा बोल्ने कोही भएन भने संगीत साथी बन्नसक्छ ।

    विशेष गरी गर्दनको समस्या भएकाहरूले एउटा सानो सिरानी बोक्न सक्छन् । यसबाट लामो यात्रा गर्दा हुने गर्दनको पीडाबाट समेत जोगिन सकिन्छ । 

यात्रामा स्वस्थ र ताजा रहन

    लामो यात्रा गर्दा अनुहारको चमक हराएर जान्छ । यात्राका क्रममा फ्रेस देखिन जरुरी हुन्छ ।

    यात्राका क्रममा छालामा चमक देखाउन खानपानमा ध्यान दिनुपर्छ । समयमै खानुपर्छ । आफ्ना साथमा केही ड्राई फ्रुट पनि बोक्नुपर्छ ।

    यात्रा गर्दा वा मेकअप गर्दा प्रदूषणले मेकअप खराब हुनसक्छ । त्यसैले हेभी मेकअप गर्नु हुँदैन । 

    यात्राका क्रममा मोस्चराइजर लोसन साथमै राख्नुपर्छ । मोस्चराइजर लगाउँदा छाला सुख्खा हुन पाउँदैन । 

    जहाँ गए पनि प्रशस्त मात्रामा पानी पिउनुपर्छ । पानीले शरीर स्वस्थ र अनुहार तरोताजा रहन्छ । शरीर हाइड्रेट हुँदा यात्राका क्रममा हुने थकान र टाउको दुखाइको सामना पनि गर्नुपर्दैन ।

    यात्राका क्रममा पसिना तथा अनुहार सफा गर्न क्लिजिङ वाइप्स बोक्न बिर्सनुहुँदैन ।

    स्वस्थ खाना, फलफूल तथा ताजा तरकारी बढी सेवन गनुपर्छ भने जंक फुडबाट टाढै रहनुपर्छ । 

 Image