Successfully Copied

मोडल सुपर स्टार सिजन टु सम्पन्न

यस वर्षको सौन्दर्य प्रतियोगिता ‘मोडल सुपर स्टार’को ताज महिला तर्फ सजना पन्त र पुरुष तर्फ रविन घिसिङले उचालेका छन् । यसै साता काठमाडौंमा सम्पन्न मोडल सुपर स्टारको दोस्रो संस्करणमा उनीहरुले प्रतियोगीताको शिर्ष ताज उचालेका हुन् ।

यस वर्षको सौन्दर्य प्रतियोगिता ‘मोडल सुपर स्टार’को ताज महिला तर्फ सजना पन्त र पुरुष तर्फ रविन घिसिङले उचालेका छन् । यसै साता काठमाडौंमा सम्पन्न मोडल सुपर स्टारको दोस्रो संस्करणमा उनीहरुले प्रतियोगीताको शिर्ष ताज उचालेका हुन् । अन्तिम प्रतिस्पर्धाका लागि ३२ जना प्रतिस्पर्धामा थिए । 

प्रतियोगितामा पपुलर च्वाइस युवामा सुजन बस्नेत र युवतिमा आकृति सुवेदी भएका छन् । यसैगरी अर्गेनाइजर च्वाइसमा युवातर्फ आशिष शाक्य र प्रशान्त शाह भएका छन् भने युवतीतर्फ श्रृजना बस्नेत, सजिना सुब्बा र इच्छा अधिकारी भएका छन् ।

प्रतियोगीताका विजेता प्रतियोगिले भारतको मुम्बइमा हुने मोडल सुपर स्टारमा भाग लिने आयोजक संस्थाकी प्रमिला सिलवालले बताइन ।

प्रतियोगिताको कोरियाग्राफी रोजिन शाक्यले गरेका थिए । 

 

 

 Image