Successfully Copied

शिलास्मालाई मिसेज टुरिजम एम्बेसडर

मलेसियाको क्वालालम्पुरमा शनिबार सम्पन्न मिसेज टुरिजम एम्बेसडर वल्र्ड–२०२० को फाइनलमा नेपाली चेली शिलास्मा हमाल मल्लले ताज हात पारेकी छन् । शिलास्मा अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउँदै विजेता भएकी हुन् ।

मलेसियाको क्वालालम्पुरमा शनिबार सम्पन्न मिसेज टुरिजम एम्बेसडर वल्र्ड–२०२० को फाइनलमा नेपाली चेली शिलास्मा हमाल मल्लले ताज हात पारेकी छन् । शिलास्मा अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउँदै विजेता भएकी हुन् । उक्त विशेष कार्यक्रममा २१ देशका महिलाहरू यो प्रतियोगितामा सहभागी थिए । ती सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलास्माले मिसेज टुरिजम एम्बेसडर वल्र्ड–२०२० का ताज चुमेकी छिन् । 

विभिन्न चरणपछि फाइनलमा पुगेकी शिलास्माले अन्तत: उत्कृष्ट हुँदै वल्र्डतर्फको शीर्ष उपाधि र ताज जितेकी छिन् । नेपालबाट प्रतियोगिताका लागि मोडल तथा मिसेज टुरिजम एम्बेसडर–२०२० विजेता शिलास्मा हमाल मल्लले प्रतिनिधित्व गरेकी थिइन् । उपाधि जितेपछि शनिबार बेलुका शिलास्माले भनिन्, ‘मिसेज टुरिजम एम्बेसडर युनिभर्स–२०२० को फाइनलमा मैले वल्र्डतर्फको उपाधि जितेर नेपाललाई उत्कृष्ट सावित गरेको छु । 

‘एसिया, युरोप, अफ्रिकालगायतका महाद्वीपका २१ जना महिला भएको प्रतिस्पर्धामा युनिभर्सतर्फको ताज भने मलेसियाले जितेको छ ।’ केही वर्षयताबाट मोडलिङमा सक्रिय शिलास्माले नेपालका केही ब्युटी पेजेन्टमा पनि यसअघि ताज जितिसकेकी छिन् । उनी म्युजिक भिडियोमा समेत व्यस्त मोडलका रूपमा चिनिएकी छिन् ।

 Image