Successfully Copied

क्रिस्पी फ्राइड चिकेन विथ चाइनिज म्यास पोट्याटो

चिकेन लेग १ वटा, आलु उसिनेको ५० ग्राम, हरियो प्याज २० ग्राम, लसुन ५ ग्राम, अदुवा ५ ग्राम, तिलको तेल ५ मिलि, बदाम ५ ग्राम, नुन स्वादअनुसार, सेतो मरिच स्वादअनुसार, सोया सस ५ मिलिलिटर, पालक प्युरी ।

सामग्री : चिकेन लेग १ वटा, आलु उसिनेको ५० ग्राम, हरियो प्याज २० ग्राम, लसुन ५ ग्राम, अदुवा ५ ग्राम, तिलको तेल ५ मिलि, बदाम ५ ग्राम, नुन स्वादअनुसार, सेतो मरिच स्वादअनुसार, सोया सस ५ मिलिलिटर, पालक प्युरी ।

विधि : चिकेन लेगलाई पानीमा हरियो प्याज, लसुन, सोया सस तथा अदुवाका साथ उसिन्ने । बाहिर निकाल्ने र कर्नफ्लावर लगाएर फ्राइ गर्ने । 

चाइनिज म्यास पोटाटो बनाउने विधि 

आलुलाई म्यास गर्ने । प्यानमा थोरै तेल हालेर लसुन फुराउने । त्यसमा मुछेको आलु, बदाम, नुन, पालक प्युरी हालेर मिक्स गर्ने । अन्त्यमा तिलको तेल हाल्ने ।

चकोलाभा विथ भेनिला आइसक्रिम

सामग्री : चकलेट १ सय ग्राम, चिनी ८० ग्राम, मैदा ३५ ग्राम, अण्डा २ वटा, बटर ८० ग्राम ।

विधि : चकलेट र बटरलाई सानो आँचमा राख्दै मिक्स गर्ने । चिनी र अण्डालाई सँगै फिट्ने । थोरै–थोरै गरेर मैदा मिसाउने । चकलेट र बटर मिक्सरमा घोल्ने । यसलाई ओभनको बेकिङ मोडमा हाली १ सय ८० डिग्री सेन्टिग्रेटमा ९ मिनेट पकाउने र भेनिला आइसक्रिमसँग सर्भ गर्ने ।

सर्भ गर्दा : यसलाई फ्रुट सांग्रिया र ग्रिन मेसिन मोक्टेलसँग सर्भ गर्न सकिन्छ । 

 Image