Successfully Copied

कार्निसको प्रयोग

कार्निसलाई पानीबाट जोगाउनुपर्ने हुँदा यी बाहिरी भित्ताका लागि भने उपयुक्त हुँदैनन् । सजिलो भए पनि कार्निसको जथाभावी प्रयोगले कोठालाई अझ भद्दा बनाउन सक्छ । कोठाको आकार, घरको समग्र डिजाइन तथा प्रयोजनका आधारमा कार्निस राख्ने वा नराख्ने, कस्तो र कति राख्ने निर्णय गर्नुपर्छ ।

अहिले घरका सिलिङ तथा भित्ताहरूमा सजावटका लागि कार्निसको प्रयोग बढ्दो छ । भित्ताको माथिल्लो भाग र सिलिङमा बनाइने विभिन्न प्रकारका बुट्टालाई कार्निस भनिन्छ ।

पहिले यस्तो बुट्टा सिमेन्ट प्लास्टर, लिउन वा इँटा काटेर बनाइन्थ्यो । घरबाहिरको भित्ता र पिल्लरमा पनि इँटालाई छड्के राखेर कार्निस बनाउने चलन पुरानै हो । बजारमा तयारी अवस्थाका प्लास्टर अफ पेरिसबाट निर्मित कार्निस पाइन थालेपछि मूल्य सस्तो र प्रयोग गर्न सहज भएको छ । 

प्लास्टर अफ पेरिसका हलुका तयारी कार्निस बजारबाट किनेर ल्याएपछि सिलिङ वा भित्तामा टाँस्न सकिन्छ । यस्तो कार्निसलाई पानीबाट जोगाउनुपर्ने हुँदा यी बाहिरी भित्ताका लागि भने उपयुक्त हुँदैनन् । सजिलो भए पनि कार्निसको जथाभावी प्रयोगले कोठालाई अझ भद्दा बनाउन सक्छ । कोठाको आकार, घरको समग्र डिजाइन तथा प्रयोजनका आधारमा कार्निस राख्ने वा नराख्ने, कस्तो र कति राख्ने निर्णय गर्नुपर्छ ।

कार्निस कहाँ र कस्तो राख्ने भन्ने कुरा घरको समग्र डिजाइनमा पनि भर पर्छ तर अहिले अधिकांश घरका सिलिङ र भित्तामा इन्टेरियर डिजाइनर वा आर्किटेक्टको सल्लाहविना नै रेडिमेड कार्निस टाँस्ने चलन बढेको छ । जसले घर राम्रो बनाउँछु भन्दाभन्दै अझ नराम्रो देखिन सक्छ ।

धेरै मसिनो बुट्टा भएका कार्निस सिलिङ र भित्ताको माथिल्लो तहमा टाँस्दा धूलो र फोहोर जम्ने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसैले कार्निस राख्दा नियमित रूपमा सफा गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । सेतो रंगमा उपलब्ध कार्निसलाई विभिन्न रंगले सजाउन सकिन्छ । 

 Image