सन्तोष भए मिस्टर नेपाल 

नारी संवाददाता

पुस १८, २०७६  

सन्तोष उपाध्याय नयाँ मिस्टर नेपाल बनेका छन् । प्रतियोगिताको ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । उपाध्यायले अब मिस्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

मिस्टर ट्यालेन्ट तथा फोटोजेनिकको उपाधिसमेत जितेका उपाध्यायले मिस्टर नेपालको उपाधिसहित मोटरसाइकल र नगद २५ हजार रुपैयाँ पाएका छन् ।

अछाम ओली गाउँका सन्तोष पेसाले चिकित्सक हुन् । एक्सपोज नेपालले आयोजना गरेको उक्त प्रतियोगितामा दिलराज न्यौपानेले फस्ट रनर्सअप तथा विमल पाण्डेले सेकेन्ड रनर्सअपको उपाधि जिते भने प्रिन्स अभी तथा अभिनाष चौधरीले क्रमश: थर्ड रनर्सअप तथा चोर्थ रनर्सअपमा चित्त बुझाए ।

प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, चितवन, धरान आदि स्थानका युवाहरूले भाग लिएका थिए । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>