प्रिय सखी
समाजमा नानीचा, प्याउली, मञ्जु, नानीजस्ता कति महिला छन्, जसका इच्छा–आकांक्षा समयको भेलसँगै बगिरहेका छन् ।
‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधि अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन् । उनले प्रतियोगितामा सेमिफाइनलिस्ट र मिसेज लोयलको उपाधि जितेकी हुन् ।
उनलाई इप्लानेट प्रा.लिले ‘मिसेस् नेपाल युनिभर्स २०१९’ उपाधिका साथ उक्त प्रतियोगितामा पठाएको थियो । प्रतियोगितामा शीर्ष उपाधि भने म्यानमारले जितेको थियो ।
चीनको ग्वान्जोमा प्रतियोगिता ‘मिसेस् युनिभर्स’ ४२ औँ संस्करण हो । प्रतियोगिता ९० देशका विवाहित महिला सुन्दरीहरुको सहभागिता थियो ।