Successfully Copied

कसरी गर्ने  आँखाको सुरक्षा ? 

कम्प्युटर, टेलिभिजन तथा मोबाइल हेर्दा अलि टाढै बसेर हेर्नुपर्छ । समय–समयमा आँखा झिमझिम गरिरहनुपर्छ । कम्युटरमा काम गर्ने भए लगातार नहेरी बीचबीचमा ब्रेक लिनुपर्छ । धेरैले आँखामा गाजल, मस्कारा आदि लगाउँछन् । राति सुत्नुअघि त्यस्ता प्रसाधन राम्रोसँग सफा गनुपर्छ ।  

कम्प्युटर, टेलिभिजन तथा मोबाइल हेर्दा अलि टाढै बसेर हेर्नुपर्छ । समय–समयमा आँखा झिमझिम गरिरहनुपर्छ । कम्युटरमा काम गर्ने भए लगातार नहेरी बीचबीचमा ब्रेक लिनुपर्छ । धेरैले आँखामा गाजल, मस्कारा आदि लगाउँछन् । राति सुत्नुअघि त्यस्ता प्रसाधन राम्रोसँग सफा गनुपर्छ ।  

डा. निशा श्रेष्ठ /नेत्र रोग विशेषज्ञ, तिलगंगा आँखा प्रतिष्ठान 

जाडो महिनामा आँखामा के–कस्ता समस्या देखा पर्छन् ? 

साधारणतया जाडो मौसममा आँखा सुख्खा हुने, वातावरण चिसो हुने भएकाले आँसु धेरै बग्ने, प्रदूषण तथा हावाका कारण आँखा रातो हुने, चिलाउने, आँखा धमिलो हुने आदि समस्या देखा पर्छन् । 

आँखामा किन समस्या देखापर्छ ? 

धूलो–धूवाँयुक्त वातावरणका कारण आँखामा समस्या देखापर्छ । यसैगरी लामो समयसम्म एसीमा बस्दा, जाडोमा हिटरको नजिक बस्दा आँखा सुख्खा हुन्छ । अहिले डिजिटलको जमाना भएकाले सबैजना मोबाइल, कम्प्युटर तथा ल्यापटपमा व्यस्त हुन्छन् । एकोहोरो आँखा नझिम्क्याई ग्याजेट हेर्दा आँखाको आँसु सुकेर सुख्खा भै चिलाउँछ । आँखामा गाजल, आइलाइनर, आइस्याडो तथा मस्कारा आदि प्रयोग गर्दा पनि आँखाको परेलाको ग्रन्थि बन्द हुन्छ र आँसु बन्न पाउँदैन अनि आँखा सुख्खा हुन्छ । आँसु बन्ने ग्रन्थि बन्द हुँदा आँखामा आनोसमेत आउन सक्छ । जाडो मौसममा परेलामा पनि चायाँ पर्न सक्छ । 

आँखाको हेरचाह कसरी गर्नुपर्छ ? 

आँखालाई धूलोबाट जोगाउन बाहिर निस्कदा प्रोटेक्टिभ सनग्लास प्रयोग गर्नुपर्छ । कम्प्युटर, टेलिभिजन तथा मोबाइल हेर्दा अलि टाढै बसेर हेर्नुपर्छ । समय–समयमा आँखा झिमझिम गरिरहनुपर्छ । कम्युटरमा काम गर्ने भए लगातार नहेरी बीचबीचमा ब्रेक लिनुपर्छ । धेरैले आँखामा गाजल, मस्कारा आदि लगाउँछन् । राति सुत्नुअघि त्यस्ता प्रसाधन राम्रोसँग सफा गनुपर्छ । आँखाको एक कुनाबाट अर्को कुनासम्म सफाइ गर्नुपर्छ । आँखाको तलको भाग सफा गर्दा माथि हेर्नुपर्छ भने माथिको भाग सफा गर्दा तल हेर्नुपर्छ । आँखा सुन्निएको छ भने मनतातो पानीले सेक्नुपर्छ । आँखा सुख्खा भएको छ भने कृत्रिम आँसु (रिफ्रेस) प्रयोग गर्न सकिन्छ । परेलामा चायाँ परेको छ भने बेबी स्याम्पु प्रयोग गर्नु उचित हुन्छ ।

 

 Image