Successfully Copied

कब्जियतबाट छुटकारा 

    जाडो मौसम भएकाले यतिबेला धेरैले पानी तथा झोल कुरा कमै मात्रामा खान्छन् । यसले गर्दा धेरैलाई कब्जियत हुन सक्छ ।      कब्जियतबाट जोगिन हरियो सागपात, सलाद तथा रेसादार खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ ।

    जाडो मौसम भएकाले यतिबेला धेरैले पानी तथा झोल कुरा कमै मात्रामा खान्छन् । यसले गर्दा धेरैलाई कब्जियत हुन सक्छ । 

    कब्जियतबाट जोगिन हरियो सागपात, सलाद तथा रेसादार खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ ।

    राति दुईवटा रोटी, सागसब्जी, सुप तथा सलाद खानुपर्छ ।

    पेटभरी तथा अपच हुने गरी खानुहुँदैन । 

    नियमित रूपमा प्रशस्त मात्रामा पानी पिउनुपर्छ । 

    रक्सी, चुरोट, खैनी, पान, जर्दा आदि सेवन गर्नुहुँदैन । 

    चिल्लो, पिरो, मसालेदार, जंकफुड, फास्टफुड खाने बानी कम गर्नुपर्छ ।

    राति छिटै सुत्ने र बिहान उठ्नासाथ ३–४ गिलास मनतातो पानी पिउनुपर्छ ।

    दिनहुँ आधा घन्टादेखि एक घन्टा नियमित व्यायाम गर्नुपर्छ । 

 Image