बहुप्रतिभाशाली इन्दिरा
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।

लोकप्रिय गायिका तथा सांसद कोमल वलीले पछिल्लो समय महिलाले गरेको प्रगती देखेर खुशी लाग्ने बताएकी छिन् । उनले चलचित्र विकास बोर्ड अन्तर्गतको ‘महिला चलचित्रकर्मी सशत्तीकरण’ समितिले निर्माण गरेको चलचित्र हेरेपछि यस्तो प्रतिकृया जनाएकी हुन् ।
चलचित्र ‘सल्युट’को प्रेस शो मा सहभागी वलीले चलचित्र निक्कै राम्रो लागेको उल्लेख गरेकी छिन् । चलचित्र क्षेत्रमा महिलाको उपस्थिती सम्मान योग्य भएको भन्दै वलीले उनीहरुलाई ‘सल्युट छ’ भनेकी थिईन् ।
‘सल्युट’लाई आशुका अर्याल (अस्कर फिल्म कलेज), अम्बिका भण्डारी (नेपाल फिल्म एकेडेमी), मेरोन राजभण्डारी (नेपाल फिल्म एकेडेमीका)ले मिलेर निर्देशन गरेका हुन् । सब्बु सुवेदीको पटकथामा बनेको चलचित्रमा संजिता लामा (एभरेष्ट फिल्म एकेडेमी) र प्रिया राजकर्णिकार (एभरेष्ट फिल्म एकेडेमी) को छायांकन छ ।
मनीषा धमला (आभाष इन्सिस्चूट)को सम्पादन रहेको चलचित्रको निर्देशक टिमलाई समितिकी सदस्य निर्देशक संगीता श्रेष्ठले चलचित्र निर्देशनमा सहयोग गरेकी हुन् । जया ओझाले स्क्रिप्ट तयार पार्न सब्बुलाई सहयोग गरेका हुन् ।
चलचित्रमा एउटा परिवारको श्रीमान् र श्रीमतिबिच भएको व्यवसायिक द्वन्द्व समावेश छ । कलाकार मोहन चाम्लीङ, शेसुका राई, बसन्त रिजाल, चन्द्रा थापा, थमान सिं पुर्जा पुन, ओमकृष्ण भण्डारी, विष्णु ठकुरी, भरत रौनियार, एन्जल श्रेष्ठ, आविश्कार रेग्मी, सन्तोष चाम्लीङ, जयकुमार कार्की ढली, सागर रौनियार, अलविन तिरुवा, सुमित्रा पाखरिन, सुस्मिता तामाङले अभिनय गरेका छन् । यो चलचित्रको परिकल्पनाकार शबनम मुखिया हुन् ।