Successfully Copied

कम्प्लिट गाइड  फर अ ब्राइड 

यदि विवाहको समय छ महिना बाँकी छ भने आफ्नो विवाहभन्दा करिब ६ महिना पहिलेदेखि नै तयारी गर्ने हो भने विवाहको दिन आफू कस्ती देखिन्छु भन्ने कुरामा द्विविधा राख्नुपर्ने स्थिति रहँदैन । 

यदि विवाहको समय छ महिना बाँकी छ भने आफ्नो विवाहभन्दा करिब ६ महिना पहिलेदेखि नै तयारी गर्ने हो भने विवाहको दिन आफू कस्ती देखिन्छु भन्ने कुरामा द्विविधा राख्नुपर्ने स्थिति रहँदैन । 

    यदि छालामा घाउको कुनै दाग छ भने लेजरको मद्दतले त्यसबाट छुटकारा प्राप्त गर्न सकिन्छ । विवाहको कम्तीमा ६ महिनापूर्व यस प्रकारको ट्रिटमेन्ट गर्ने सल्लाह दिइन्छ । 

    यदि गर्धनको वरपर मसिना रेखाहरू छन् भने थर्मल एनर्जी डिभाइस प्रयोग गरी त्यसबाट छुटकारा प्राप्त गर्न सकिन्छ । 

    एक्नेको उपचार पनि कम्तीमा ६ महिनापूर्व गर्नु प्रभावकारी हुन्छ ।

    पोस्ट एक्ने स्कार्सको उपचार गर्नुपूर्व एक्नेलाई पूर्णरूपले निकाल्नु जरुरी हुन्छ । एक्नेको केही मामिलामा रेटिनाइडजस्ता मेडिकेसन्सको सहयोग लिइन्छ । यी मेडिकेसन्सको प्रयोग पर्याप्त समय रहँदा नै बन्द गर्नुपर्ने हुन्छ । यसको प्रमुख कारण यसलाई निश्चित वास आउट समयको आवश्यकता पर्नु हो ।

 

दुई महिना बाँकी छँदा 

    दुई महिनाको समय स्वास्थ्य, छाला एवं केशलाई सुधार गर्न पर्याप्त हुन्छ । राम्रो र प्रभावकारी परिणाम प्राप्त गर्न केही कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

    मुहारमा एक्नेको दाग छ भने त्यसलाई नियन्त्रण गर्न सकिन्छ । यस्तो स्थितिमा डर्माटोलोजिस्टको रेखदेखमा स्किन ट्रिटमेन्ट गराउनुपर्छ । जस्तै स्किन पोलिसिङ, पिलिङ आदि । यो प्रक्रियाको सेसन पन्ध्र दिनमा एकपटक गर्न सकिन्छ । 

    फेस म्यापिङ गराउन सकिन्छ । यसबाट मुहारका विभिन्न भागको समस्या थाहा पाइन्छ । समस्या बुझेपछि त्यहीअनुरूप ट्रिटमेन्ट गरिन्छ । यसबाहेक मल्टी भिटामिन स्किन ब्राइटनिङ ट्रिटमेन्ट पनि गर्न सकिन्छ । 

    कम्प्लिट हेयर एन्ड स्काल्प रिजुभनेसन ट्रिटमेन्ट गर्नु राम्रो हुन्छ । यसमा स्काल्प र केशको विश्लेषण गरी सोहीअनुरूप ट्रिटमेन्ट गरिन्छ । यसबाट केश स्वस्थ, सुन्दर एवं चम्किलो देखिन्छ । 

    हातखुट्टालाई नजर अन्दाज गर्नुहुँदैन । मेनिक्योर तथा पेडिक्योरका लागि तीन वटा सिटिङ्समा काम गर्नु उपयुक्त हुन्छ । 

    नचाहिने केशको समस्या छ भने त्यसलाई स्थायी रूपमा हटाउने विकल्प पनि उपलब्ध छ । पल्स लाइट ट्रिटमेन्टबाट नचाहिने केशलाई स्थायी रूपमा हटाउन सकिन्छ । 

    केशलाई स्वस्थ तथा चम्किलो बनाउन समय–समयमा हेड मसाज एवं हेयर स्पा ट्रिटमेन्ट गराउनु उपयुक्त हुन्छ । 

एक महिना बाँकी छँदा 

    हुन त ब्राइडल तयारीका लागि एक महिना पर्याप्त हुँदैन । यद्यपि यति कम समयमा पनि आफ्नो हेरचाहप्रति नियमित हुन सकियो भने विवाहका दिन सुन्दर तथा आकर्षक देखिन सकिन्छ । यस क्रममा निम्न कुरामा लापरबाही गर्नुहुँदैन । 

    आँखामुनिको डार्क सर्कल हटाउन पिल्स प्रयोग गर्न सकिन्छ । पिल्सले छालाको मृतकोषिका हटाएर छालाको टेक्स्चरलाई राम्रो बनाउन सहयोग पुर्‍याउँछ । यसबाहेक पिल्सबाट स्किन ट्यान तथा पिग्मेन्टेसन पनि कम गर्न सकिन्छ । 

    भरिएको ओठ प्राप्त गर्न हाइल्युरोनिक एसिड फिलर इन्जेक्सन प्रयोग गर्न सकिन्छ । यो काम विज्ञबाटै गराउनुपर्छ । 

    मनमा तनाव हाबी हुन दिनुहुँदैन । चिन्तामुक्त रहन बडी मसाज गराउन सकिन्छ । यसबाट रक्त संचार वृद्धि हुन्छ भने छालामा पनि निखार आउँछ । केशमा हर्बल आयल प्रयोग गर्नु राम्रो हुन्छ । केशमा स्टिम दिनुपर्छ । यसबाट केशको चमक वृद्धि हुन्छ ।

    पन्ध्र–पन्ध्र दिनको अन्तरालमा बडी पोलिसिङ, पेडिक्योर, मेनिक्योर, फेसियल, ब्लिच, हेड मसाज, हेयर स्पा आदि गराउनु राम्रो हुन्छ । 

पन्ध्र दिन बाँकी छँदा 

    पन्ध्र दिनभित्र पनि आफ्नो जीवनको विशेष दिन सुन्दर तथा आकर्षक देखिन सकिन्छ । 

    यो अवस्थामा कुनै पनि स्किन ट्रिटमेन्ट डर्माटोलोजिस्टको सल्लाह एवं रेखदेखमा मात्र गराउनु उचित हुन्छ । 

    फेसियल तथा हेयर स्पा ट्रिटमेन्ट गराउन सकिन्छ । 

    आफूले पहिले गरेको फेसियल नै गराउनु उचित हुन्छ । यतिबेला प्रयोगबाट जोगिनुपर्छ कारण यदि मुहारमा र्‍यासेज देखियो भने आफूसँग त्यसको ट्रिटमेन्ट गर्ने समय रहँदैन । 

    पेडिक्योर तथा मेनिक्योर गराउनु उपयुक्त हुन्छ । यसलेहातखुट्टा सुन्दर देखिनुका साथै मेहन्दीको रंगमा पनि निखार आउँछ । 

    थकानबाट मुक्त हुनका लागि बडी तथा हेड मसाज गराउनु उचित हुन्छ ।

    विवाहभन्दा कम्तीमा दुई–तीन दिनपूर्व फेसियल गराउन सकिन्छ । 

    कतिपयको छाला ब्लिचको प्रयोगका कारण रातो हुन्छ । त्यसैले ब्लिचको प्रयोग विवाहको चार दिनपूर्व गर्नुपर्छ ।  

    केशलाई कोमल बनाउन मेहन्दी प्रयोग गर्न सकिन्छ । यसबाट केश आकर्षक देखिन्छ । यतिबेला हेयर कलरिङ पनि गराउन सकिन्छ ।

सदाबहार टिप्स

    छालालाई नियमित रूपमा हल्का मोइस्चराइजिङ गर्नुपर्छ । एक्नेको समस्या छ भने मुहारमा आवश्यकताभन्दा बढी मोइस्चराइजर प्रयोग गर्नु हुँदैन ।

    मुहार तथा फोआम्र्समा सनस्क्रिन प्रयोग गर्नुपर्छ । यसले छालालाई ट्यानिङबाट जोगाउँछ । बाहिर जाँदा सनस्क्रिन प्रयोग गर्नुपर्छ । 

    फलफूल एवं तरकारीलाई आफ्नो डाइटमा समावेश गर्नुपर्छ । यसबाट प्रशस्त मात्रामा भिटामिन पाइने भएकाले छालाका मुलायम हुन्छ । 

    स्वस्थ छालाका लागि कम्तीमा आठ घन्टा सुत्नुपर्छ । यदि पर्याप्त सुत्ने हो भने आँखामुनि देखापर्ने डार्क सर्कलको समस्या आफै समाधान हुन्छ । 

    एक्नेबाट प्रभावित व्यक्तिले फेसियलबाट जोगिनुपर्छ । कारण यसबाट समस्या अझ बढ्ने सम्भावना हुन्छ । यदि कस्मेटिक्सको प्रयोगपछि एक्नेको समस्या बढेको छ भने त्यसको तत्काल उपचार गराउनुपर्छ ।

    वाटर बेस्ड मोइस्चराइजर प्रयोग गर्नु उचित हुन्छ । कारण ओयल बेस्ड मोइस्चराइजरको प्रयोगले एक्नेको समस्या सिर्जना गर्न सक्छ । 

    सुत्नुपूर्व माइल्ड क्लिन्जर फेसवासले मुहार धुनुपर्छ । 

    हरेक राति सुत्नुपूर्व एएचए वा रेटिनलयुक्त नाइट रिपेयरिङ क्रिम प्रयोग गर्नु उपयुक्त हुन्छ ।

 Image