Successfully Copied

पार्टी मेकअपमा निशा

गहुँगोरो वर्णकी निशा मेकअपपछि निकै सुन्दर देखिएकी छन् । उनको छाला तैलीय भने अनुहारमा डन्डिफोर आएको थियो । ‘स्क्वायर सेप’ को उनको अनुहारलाई ‘ओभल सेप’ दिइएको छ । रातिको मेकअप भएकाले आँखामा कलर स्मोकी गरिएको छ ।

मेकअप यस्तो हुनुपर्छ, जसले अझ सुन्दर देखाओस् । यसले, छालालाई कुनै असर नपारोस् भन्नेमा पनि ध्यान दिनुपर्छ । त्यस्तै, आफ्नो छालाको प्रकृतिअनुसार मेकअप सामग्रीको छनोट गर्नुपर्छ । त्यसो त कुन अवसरमा जान लागेको र कस्तो पहिरन लगाउने हो सोहीअनुरूपको मेकअप गरे सुन्दरतामा निखार आउँछ ।

यसपालि नारीको ‘मेकओभर’ मा रातिको पार्टीका लागि मेकअप आर्टिस्ट पूनम श्रेष्ठले मोडल निशा आचार्यलाई मेकअप गरिदिएकी छन् । गहुँगोरो वर्णकी निशा मेकअपपछि निकै सुन्दर देखिएकी छन् । उनको छाला तैलीय भने अनुहारमा डन्डिफोर आएको थियो । ‘स्क्वायर सेप’ को उनको अनुहारलाई ‘ओभल सेप’ दिइएको छ । रातिको मेकअप भएकाले आँखामा कलर स्मोकी गरिएको छ । आइस्याडोको रंग पहिरनसँग मेल खाने गरी गरिएको छ । ग्लिटरको प्रयोग गरिएकाले आँखाको सुन्दरतामा थप निखार आएको छ ।

आँखाको मेकअप स्मोकी भएकाले ओठलाई न्युड गरिएको छ । चिल्लो छाला भएकाले पाउडर कन्ट्रोल प्रयोग गरिएको छ ।

पार्टी लुक्स दिनका लागि केशलाई अगाडि पफ उठाएर साइड गरी कर्ल गरिएको छ ।

मोडल : निशा आचार्य                

मेकअप : पूनम श्रेष्ठ, पूनम ब्युटी एकेडमी, नयाँ बानेश्वर

पहिरन : स्टाइलक्स, लाजिम्पाट

तस्बिर : महेश प्रधान

 Image