Successfully Copied

मंसिरजस्तै मान्छे 

विवाहको महिना उमेर पुगेका छोराछोरी घरमा छन् भने सबैले जिस्काउन थाल्छन् । दसैं–तिहारमा आशीर्वाद दिँदा पनि यो मंसिर चाहिँ नकटाउने है अर्को साल आशीर्वाद जोडीलाई नै दिन पाइयोस्– आफन्त तथा इष्टमित्रहरूबाट सुन्न पाइन्छ्र । विवाह बन्धनमा बाँधिएर धेरै मन एक हुन्छन् । 

विवाहको महिना उमेर पुगेका छोराछोरी घरमा छन् भने सबैले जिस्काउन थाल्छन् । दसैं–तिहारमा आशीर्वाद दिँदा पनि यो मंसिर चाहिँ नकटाउने है अर्को साल आशीर्वाद जोडीलाई नै दिन पाइयोस्– आफन्त तथा इष्टमित्रहरूबाट सुन्न पाइन्छ्र । विवाह बन्धनमा बाँधिएर धेरै मन एक हुन्छन् । 

गर्मी गैसकेको तर जाडोले च्याप्प नसमातिहालेको बीचको महिना मंसिर प्राय: धेरैलाई मनपर्छ । बिहानै उठ्दा कठ्यांग्रिएको शरीरमा न्यानो घामको तापले दिएको आनन्द यही महिना लिन पाइन्छ । भर्खरै बिदा गरेको दसैं–तिहार तथा छठजस्ता पर्वले दिएको पारिवारिक भेटघाट एवं खुसीले वर्षभरिको पीडामा मल्हम लागेर खाटा बस्न थालेको हुन्छ । मानिलिऊँ एउटा किसानलाई आफ्नो खेतमा लहलह धानको बाला झुलिरहेको देख्दा आफ्नो वर्षभरिको मेहनतको खुसी यही मंसिर महिनामा झल्किन्छ । करेसाबारीमा विभिन्न रंगका फूल तथा सागपात रातभरिको शीतले भिजेर लपक्क परेको बेला घामको किरणको दृश्य अति प्रिय लाग्छ । 

विवाहको महिना उमेर पुगेका छोराछोरी घरमा छन् भने सबैले जिस्काउन थाल्छन् । दसैं–तिहारमा आशीर्वाद दिँदा पनि यो मंसिर चाहिँ नकटाउने है अर्को साल आशीर्वाद जोडीलाई नै दिन पाइयोस्– आफन्त तथा इष्टमित्रहरूबाट सुन्न पाइन्छ्र । विवाह बन्धनमा बाँधिएर धेरै मन एक हुन्छन् । पुर्खौंदेखि पालना गर्दै आएको कुलपूजा (देवाली), एउटै गोत्रका भाइबन्धुको भेला, गोठधूप अनि न्वागी (नयाँ चामलमा दूध, चिनी, मरिच अन्य मसला आदि हाली भगवान्लाई अर्पण गरेर खाने) पर्वहरूको छुट्टै मज्जा छ मंसिरमा । 

वैशाख–जेठजस्तो प्रचण्ड गर्मी भएर शरीरले थेग्न नसकी पंखा–कुलर आदि चलाउनुपर्छ न पुस–माघजस्तो कठ्यांग्रिने जाडो भएर हिटर वा आगो आदि प्रयोग गरिन्छ । मंसिरको रूप, रंग र स्वभावले न कसैलाई पोल्छ न कसैलाई कठ्याउँछ सबैलाई शीतलता एवं न्यानो दिन्छ । किसानदेखि व्यापारीसम्मलाई खुसी दिन्छ । हामीले पनि मंसिर महिनाजस्तो बन्न सके हाम्रा कारण न कसैलाई पोल्छ न कठ्याउँछ । हामीलाई बाँचुन्जेल कसैसँग नराम्रो सम्बन्ध नहोस्, मरेर जाँदा पनि फलानी यस्ती थिई भनेर कसैले नकारात्मक कुरा नगरून्, बाँचुन्जेल केही न केही राम्रो गरौं भन्ने लाग्छ । तैपनि स्कुले जीवनदेखि बुढेसकालसम्म कहीँ न कहीँ कोही न कोहीसँग नराम्रो भएकै हुन्छ । भगवान्सँग प्रार्थना गर्दा पनि कसैसँग नराम्रो नहोस् कोही शत्रु नहून् भनिन्छ तर पनि कोही न कोही कुभलो चिताउने हुन्छन् । यो सबै हामी आफ्नै कारण पनि कमाइरहेका हुन्छांै । कतिपय अरूको प्रगतिमा खुसी हुन नसकेर पनि हुन्छ । 

यो मंसिर महिना एउटा सन्देशमूलक उदाहरणीय महिना हो जसलाई मन नपराउने सायदै कोही होलान् । त्यसैले हामी मंसिरजस्तो बन्ने प्रयत्न गर्ने कि ? मानव जीवनको यथार्थ हेर्ने हो भने हरेकको घर–घरमा कहीँ न कहीँ पीडा अनि मनमुटाव भैरहेकै हुन्छ र हामी जोकोही घरघरमा एक आपसमा प्रेम, एकता, विश्वास अनि शान्ति चाहन्छौं । यति हुनलाई जसरी एउटा भनाइ छ–एउटा हातले ताली बज्दैन तर दुई हातले पनि कान्छी–कान्छी औंला मात्र बजाउँदा बज्दैन त्यसमा साहिँली–साहिँली जोड्दा अलिक बज्छ । त्यसैगरी अर्को थप्दा अलि बढी, दशै औंलासहित बजाउँदा मात्र राम्रो ताली बज्छ । त्यसरी नै एउटा घर, परिवार र समाजमा प्रेम, विश्वास, एकता अनि शान्ति स्थापित हुन दशैं आंैलाजस्तो हामी सबै एक बन्न सक्नुपर्छ तब मात्र मंसिरले जस्तो न कसैलाई पोल्छ न कसैलाई कठ्याउँछ अनि मात्र हामी सबैको प्यारो तथा न्यानो बन्न सक्छौं । 

 Image