Successfully Copied

पण्डितको हुटहुटी बजारमा

अञ्जु पण्डित ‘अनु’ ले पहिलो कविता संग्रह ‘हुटहुटी’बजारमा ल्याएकी छन् । पूर्वप्रदेश प्रमुख एवम् माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, नारी अभियन्ता तथा स्रष्टा राधा पौडेल, प्रभा भट्टराई, प्रा.अम्मराज जोशी, प्रा. धनप्रसाद पण्डित लगायतले कृतिको लोकार्पण गरेका छन् । 

कोइरालाले ‘जेण्डर कि डेण्जर’ शिर्षक कविताको चर्चा गर्दै पण्डितको कवितामा लैगिंकता सवाललाई प्राथमिकता दिएको बताइन् । स्रष्टा पौडेल, भट्टराई र जोशीले पुस्तकमा सामाजिक विकृतिमाथिको व्यग्यं पाइने बताए । 

कवि पण्डितले नारी, युवा, समाजको कुरीति, बेतिथी र आक्रोशको भावना पोख्ने आधारका रुपमा हुटहुटी ल्याएको बताइन् । सुदुरपश्चिमको पहाडी जिल्ला बझाङको गाउँमा जन्मेकी अनुले अनेक कुरीति, कुसंस्कार र परिस्थितीसंग जुधिन् । वातावरण विज्ञान पढेकी उनी विदेशी गैरसरकारी संस्थामा आवद्ध भएपनि सामाजिक सचेतनाका लागि आफ्ना भोगाइहरु उतार्ने माध्यम कवितालाई बनाएको बताइन् । ‘म सामाजिक अभियन्ता भन्न रुचाउछु, कविता मेराका लागि माध्यम हो ।’

संग्रहमा नेपालीमा लेखिएका ३८ र अंग्रेजीमा लेखिएका ५ गरी ४३ कविता छन् । पुस्तक विक्रिबाट प्राप्त रकम ‘अंशुमाला अक्षयकोश’ मा जम्मा गर्ने बताइन् । 

 Image