विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।

मदनकुमार राई / कृषि विशेषज्ञ
अहिले बजारमा पाइने तरकारीमा विषादीको मात्रा कस्तो छ ?
अहिले अधिकांश तरकारी तथा फलफूल भारतबाट भित्रिएको पाइन्छ । भारतबाट आयात गरिएका अधिकांश तरकारीमा विषादी प्रयोग गरिएको हुन्छ । नेपालमै उत्पादन हुने तरकारीमा पनि विषादी पाइन्छ । बेमौसमको तरकारीमा विषादीको मात्रा बढी हुन्छ ।
यसले हाम्रो स्वास्थ्यमा कस्तो असर पार्छ ?
विषादी भनेकै विष हो । यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्छ । विषादीयुक्त तरकारी खानु भनेकै विष खानु हो । यसको असर हाम्रो शरीरका विभिन्न अंगमा पर्छ । अहिले तरकारीबाटै रोग सुरु हुने अवस्था आइसकेको छ ।
यस्तो तरकारी खानबाट जोगिन के गर्नुपर्ला ?
बेमौसमी तरकारी तथा फलफूल खानु हुँदैन । त्यसमा विषादीको मात्रा अत्यधिक हुन्छ । मौसमी तरकारी खाँदा विषादीबाट धेरै हदसम्म जोगिन सकिन्छ । भान्सामा आएका तरकारीलाई नुनपानीमा डुबाउँदा त्यसमा भएको विषादी कम गर्न सकिन्छ । तरकारी फ्रिजमा राखी पखालेर खाँदा पनि त्यसमा भएको विषादीको प्रभाव कम हुन्छ । सबैभन्दा राम्रो उपाय अर्गानिक तरकारी उत्पादन गर्नु हो ।
कतिपय घरमा तरकारी लगाउने ठाउँ छैन, कहाँ उत्पादन गर्ने त ?
अहिले सबैले भन्छन्–ठाउँ नै छैन कहाँ उत्पादन गर्ने ? यो भनेको ज्ञानको अभाव हो । ठाउँ छैन भन्दैमा उत्पादन नै हुँदैन भन्ने होइन । घरको कौसीमा पनि तरकारी उत्पादन गर्न सकिन्छ । अहिले कौसी खेतीप्रति मानिसहरूको रुचि बढ्दै गएको छ । घरका भित्ताहरूमा तरकारी उत्पादन गर्न सकिन्छ । यसका लागि भाँडा माझेको वा लुगा धोएको पानी पनि प्रयोग गर्न सकिन्छ ।
उपभोक्ताहरूलाई विषादीमुक्त तरकारी एवं फलफूल ख्वाउन सरकारी तहबाट बस्तो कदम चाल्नुपर्ला ?
सरकारी तहबाट यो विषयलाई गम्भीरतापूर्वक नलिइँदा उपभोक्ताहरू विषादी खान बाध्य भएका छन् । प्रमुख समस्या भनेकै ज्ञानको अभाव हो । सरकारी तहमा बस्नेहरू नै यो विषयमा जानकार छैनन् । नेतृत्वमा रहेका व्यक्तिहरू यो विषयमा गम्भीर हुनु आवश्यक छ ।