डिजिटल माध्यमबाटै स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ : कार्विका थापा
किम्बु टेककी सीईओ कार्विका थापाले डिजिटल माध्यमबाटै स्थानीय उत्पादनहरुको प्रवर्द्धन र बजार विस्तार गर्न सकिने बताएकी छन् ।
धनुषाकी डा.रश्मी साह अमेरिकी अन्तरिक्ष संस्था नासाको जेल प्रोपल्सन ल्याबोरेटरीमा रिसर्च टेक्नोलोजिस्टका रूपमा कार्यरत छिन् । डा. साहलाई नासाले करिअर पब्लिक अचिभमेन्टबाट सम्मानित गरेको छ ।
रश्मीले सन् २०१४ मा पर्ड्यु विश्वविद्यालयबाट एरोनोटिक्स तथा एस्ट्रोनोटिक्समा पीएचडी गरेकी थिइन् । नासाको विश्वव्यापी मिसनका लागि ५ वर्षदेखि अत्यन्तै महत्वपूर्ण तथा असामान्य योगदान पुर्याएका कारण उनलाई यो पुरस्कार प्रदान गरिएको बताइएको छ ।
नासामा कार्यरत जोकोही पनि प्राय: १० वर्षको अवधिमा मात्र यस्तो अवार्डबाट सम्मानित हुन्छन् तर रश्मीले छोटो समयमै यो अवार्ड प्राप्त गरेपछि उनको चर्चा चुलिएको छ । रश्मीले आद्रभूमि, माटोको मोस्चर मापन, हिउँको गहिराइ तथा समुद्री सतहको गुणको मापनका क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएकी छिन् ।