मधुमेह के हो ?

मीरा शाह

कार्तिक २४, २०७६

 

मधुमेहका प्रकार 

टाइप–१ 

यो मधुमेह अटोइम्युन हो, यो वंशाणुगत हुन्छ । घरमा कसैलाई मधुमेह छ भने परिवारका अन्य सदस्यलाई पनि मधुमेह हुन सक्ने सम्भावना हुन्छ । विभिन्न कारण जस्तै भाइरसको संक्रमण, प्यांक्रियाजको संक्रमण तथा इन्सुलिनको उत्पादनमा कमी वा थपघट हुँदा पनि मधुमेह हुनसक्छ । यो किसिमको मधुमेहमा चिकित्सक तथा पोषणविज्ञको सल्लाह अनुसार खानपिन तथा औषधी प्रयोग गर्नुपर्छ । 

टाइप–२

यो मधुमेह विभिन्न कारणले हुन्छ । खानपिनमा कुनै समय निर्धारण नहुनु, जंकफुडको बढी प्रयोग तयारी खानेकुरा, म:म, चाउमिन, बर्गर, पिज्जा आदिको बढी सेवन तथा शारीरिक परिश्रमको कमी, अस्तव्यस्त जीवनशैली आदिका कारणले योमधुमेह हुने सम्भावना हुन्छ । अहिले धेरैजसो मानिसमा दोस्रो प्रकारको मधुमेह पाइएको छ ।

टाइप–३

यो क्षणिक हुन्छ । दुर्घटनामा परेर चोटग्रस्त भएका तथा गर्भवती महिलामा टाइप–३ मधुमेह देखिन्छ । यसलाई जेस्टेसनल मधुमेह भनिन्छ । गर्भवती महिलाको हकमा शिशुको जन्मपछि तथा दुर्घटनामा परेकाहरूको हकमा उपचारपछि यो मधुमेह आफैं ठीक हुन सक्छ । 

कस्तो खाना कति खाने ?

उमेर : आहार परामर्शका लागि बिरामीको उमेर, तौल, कामको प्रकार आदि थाहा पाउनुपर्छ । त्यसपछि बिरामीको रुचि, बानी तथा खानेकुराको समय तालिकासम्बन्धी जानकारी लिनुपर्छ ।

खानेकुराको इतिहास : २४ घण्टाको खानेकुराको तालिका थाहा पाएर मात्रै हुँदैन ३ देखि ४ दिन सम्मको खानेकुराका बारेमा जानकारी राख्नुपर्छ । 

रगत जाँच गर्ने समय : कतिपय बिरामीले खाली पेटमा रगत परीक्षण तथा खानापछिको जाँच गर्दा सावधानी अपनाएका हुँदैनन् । बिरामीले हिजो–अस्ति कस्तो खानेकुरा खाएका थिए त्यसको पनि ख्याल गरी सोहीअनुसार खानेकुरा खाएर रगत परीक्षण गराउनुपर्छ । 

अन्न (कार्बोहाइड्रेट) : खानेकुराको प्रमुख स्रोत अन्न हो । चामल, मकै, गहँु, कोदो, फापर, जांै, आदि यसका प्रमुख स्रोत हुन् । मधुमेहमा रेसायुक्त खानेकुराको प्रयोग उपयुक्त मानिन्छ । हामीले दिनहुँ खानेकुराको ४० देखि ५० प्रतिशत कार्बोहाइड्रेटयुक्त खानेकुरा सेवन गर्नुपर्छ । 

गेडागुडी (प्रोटिन) : प्रोटिन, जनावर तथा वनस्पतिजन्य स्रोतबाट पाइन्छ । यो शाकाहारी तथा मांसाहारीका लागि अति नै आवश्यक हुन्छ । शाकाहारीले दूध, दही, पनिर, मोही, तोफु, गेडागुडी तथा मांसाहारीले सेतो मासु (कुखुराको, छाला निकालेको) माछा, सामुद्रिक माछा, अण्डाजस्ता खानेकुराबाट प्रोटिन प्राप्त गर्छन् । प्रोटिन २५ देखि ३० प्रतिशत अथवा बिरामीको आवश्यकताअनुसार खानुपर्छ ।

चिल्लो पदार्थ : हाम्रो खानामा चिल्लो पदार्थ पनि आवश्यक हुन्छ । वनस्पतिबाट उत्पादन भएको तोरीे, सूर्यमुखी तेल, नरिवल तेल, सोयाबिन, क्यानोला तथा जैतुनको तेलबाट त्यस्तो चिल्लो प्राप्त हुन्छ । मानिसले दिनभरमा कति परिश्रम गर्नुपर्ने काम गर्छ तथा ऊ कस्ता रोगबाट पीडित छ भन्ने कुरा हेरेर मात्र चिल्लो पदार्थ सेवन गर्नुपर्छ । एक व्यक्तिले दिनभरिमा १५ मिलिलिटर वा महिनाभरि १ लिटरसम्म चिल्लो पदार्थ प्रयोग गर्न सक्छन् । भिटामिन, खनिज तत्व यसमा विभिन्न प्रकारका खनिज तत्वहरू पाइन्छन् । मौसमी तरकारी, सागपात, स्याउ, सुन्तला, मौसम, नासपाती, मेवा, सरिफा, अम्बा आदि 

खान सकिन्छ । 

शारीरिक व्यायाम 

    मधुमेहका बिरामीका लागि शारीरिक व्यायाम आवश्यक हुन्छ । 

    यस्ता बिरामीले दैनिक जतिपटक खानेकुरा खाएको हुन्छ त्यही अनुसार हिंडडुल गर्नु फाइदाजनक हुन्छ । 

    जुनसुकै रोग पनि औषधीले २० प्रतिशत निको पार्छ भने खानेकुरा तथा शारीरिक व्यायामले ८० प्रतिशत रोग निको हुन सक्छ । आफ्नो उमेर तथा शारीरिक अवस्थाअनुसार नियमित रूपमा योग, एरोबिक्स, पौडी, साइक्लिङ आदि गर्नुपर्छ । 

सकारात्मक सोच

बिरामीका लागि सकारात्मक सोच निकै महत्वपूर्ण कुरा हो । जतिसुकै औषधी– उपचार, ठूल्ठूला चिकित्सक कहाँ गए पनि मनमा पीर–चिन्ता लिए रोग ठीक हँुदैन । त्यसैले स्वस्थ रहन मस्तसमेत रहनुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×