Successfully Copied

पहिलो मिस धनकुटा 

पहिलो पटक आयोजित मिस धनकुटा–२०१९ को उपाधि सावित्रा घिमिरेले जितेकी छिन् । अघिल्लो बुधबार राति अबेर सम्पन्न उक्त प्रतियोगितामा सोनी कार्की फस्ट रनर्सअप तथा निरुता सुब्बा सेकेन्ड रनर्सअप घोषित भएका थिए ।

अन्तिम तीन प्रतिस्पर्धीलाई महानायक राजेश हमालले तपाईंले यो सौन्दर्य प्रतियोगितामा किन भाग लिनुभयो ? भन्ने प्रश्नमा लिखित जवाफ दिँदै घिमिरेले २८ जना प्रतिस्पर्धीबीच उक्त उपाधि हात पारेकी हुन् । पाख्रीवास नगरपालिका–३ की स्थायी घर भएकी घिमिरे जाल्पादेवी क्याम्पसको 

स्वतन्त्र विद्यार्थी युनियनकी सभापति हुन् । 

मिस धनकुटा–२०१९ को छनौटका क्रममा प्रस्तुत कार्यक्रममा गायक तथा नायक बाबु बोगटीको प्रस्तुति विशेष आकर्षणमा रह्यो भने निर्णायक हमालले नृत्य गरेर दर्शकको मन जिते । यसैगरी गायक कमल क्षेत्री, समीर विक तथा विद्या तिवारीले पनि दर्शकहरूलाई नचाए भने सुजन रसाइलीले गीत एवं स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गरे ।

 Image