Successfully Copied

उपहार उपयोगी अनुकूल दिने ट्रेन्ड 

दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली नओइलाउने फूलको प्रतीक हो भने सयपत्रीको रंग कहिल्यै उड्दैन । दूबो सधैं हरियो रहन्छ । सप्तरंगी टीका निधारमा लगाएर दिदीबहिनीले दाजुभाइको लामो आयु एवं सफलताको कामना गर्छन् । 

दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली नओइलाउने फूलको प्रतीक हो भने सयपत्रीको रंग कहिल्यै उड्दैन । दूबो सधैं हरियो रहन्छ । सप्तरंगी टीका निधारमा लगाएर दिदीबहिनीले दाजुभाइको लामो आयु एवं सफलताको कामना गर्छन् । 

तिहारको अन्तिम दिन भाइटीका विशेष उत्साहका साथ मनाइन्छ । यमपञ्चकको पाचौँ  दिन दिदीबहिनीहरूले दाजुभाइको विधिपूर्वक पूजाआजा गर्ने, मीठा परिकार ख्वाउने तथा उपहार दिने चलन छ भने दाजुभाइले पनि दिदी–बहिनीहरूलाई टीका लगाई दक्षिणा वा उपहार दिन्छन् ।

यो दिन दियो, कलश तथा गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला तथा कटुस आदि प्रयोग गर्दै दाजुभाइको सुख–समृद्धि एवं दीर्घायुको कामना गरिन्छ । दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली नओइलाउने फूलको प्रतीक हो भने सयपत्रीको रंग कहिल्यै उड्दैन । दूबो सधैं हरियो रहन्छ । सप्तरङ्गी टीका निधारमा लगाएर दिदीबहिनीले दाजुभाइको लामो आयु एवं सफलताको कामना गर्छन् । दिदीबहिनीहरूको हात खाली राख्नु हुँदैन भनेर उपहार दिने चलन चलेको हो । 

उपहारमा आफ्नो गच्छे अनुसार नगद वा पहिरन प्रदान गर्ने चलन छ । अहिले समयसँगै उपहार दिने चलनमा पनि विविधता आएको छ । यो विविधता भाइटीकाका बेला दिइने उपहारमा मात्र होइन बुवाको मुख हेर्ने, आमाको मुख हेर्ने, जन्म दिनदेखि हरेक पर्व वा अवसरमा समेत देखिन्छ । अरू कुरासँगै उपहारमा पनि समयअनुकूल परिवर्तन आउनु स्वाभाविक पनि हो । 

अहिले दिदीबहिनीहरूले मिठाईंको ठाउँमा अन्य खाद्य सामग्री मात्र होइन ज्याकेट, स्वेटर, बेडसिट, ग्याजेट आदि समेत उपहार प्रदान गर्न थालेको पाइन्छ । दिदीबहिनीहरूका लागि साडी, कुर्ता, स्वेटर, कोट, ब्यागका साथमा घडी, मोबाइल, एक वर्षको इन्टरनेटको पैसा तिरिदिने, विदेश घुमघामको टिकट, रिसोर्टको प्याकेज, हरेक वर्ष तिर्ने गरी बीमा गरिदिने लगायत बैंकमा आफ्नो इच्छाअनुसार पैसा राखिदिने चलन पनि छ । 

दिदीबहिनीहरूलाई उपहार

दिदीबहिनीलाई दक्षिणाका साथै साडी, घडी, चस्मा, ब्याग, सल तथा जुत्ता उपहारका रूपमा प्रदान गर्न सकिन्छ । 

कतिपयले चाँदीका सिक्का, सुन तथा हीराका गहना पनि उपहार दिन्छन् । प्रविधिको विकाससँगै मोबाइल, ल्यापटप आदि ग्याजेट उपहार दिने चलन पनि बढ्दो छ । 

दाजुभाइलाई उपहार

भ्रातृत्वको पर्व तिहारमा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै सप्तरंगी टीका तथा कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । 

यो चाडमा मिठाईं तथा फलफूलका साथमा विभिन्न एसेसरिज पनि उपहारस्वरूप प्रदान गरिन्छ ।  दाजुभाइलाई उपहारका रूपमा परफ्युम, घडी, सर्ट–पाइन्ट, टि–सर्ट तथा ढाकाको टोपी आदि प्रदान गर्न सकिन्छ ।  त्यसैगरी सेभिङ सेट, मोबाइल, टाइ, सनग्लास, क्याप आदि उपहार दिने ट्रेन्डसमेत बढ्दो छ । 

टिप्स : उपहार प्रदान गर्दा दिदीबहिनी तथा दाजुभाइको रुचि तथा आवश्यकतालाई ध्यानमा राख्नु उपयुक्त हुन्छ ।

 Image