एकल यात्रामा निर्मला

नारी संवाददाता

कार्तिक ५, २०७६

रामेछापकी निर्मला भण्डारी घुमफिर भनेपछि हुरुक्कै हुन्छिन् । घुमफिरमा निकै रुचि राख्ने भण्डारी पावर लिफ्टिङ तथा भारोत्तोलनकी खेलाडी हुन् । सन् २०२० को ओलम्पिकको तयारीमा रहेकी भण्डारीले ४ वर्षकै उमेरमा दुर्घटनामा परेर एउटा खुट्टा गुमाएकी थिइन् । तर आफ्नो इच्छाशक्तिका कारण उनका सपनाहरूले समयक्रमसँगै उडान भर्न थाले ।

खेल तथा विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएकी भण्डारी यति बेला एक महिना लामो तराईका जिल्लाहरूको एकल यात्रामा निस्कने तयारीमा छिन् । नेपालका अधिकांश भूभागको भ्रमण गरिसकेकी भण्डारी सोलो वुमन यात्रा–२०१९ मा सहभागी हुँदै प्रतियागिताको टप सिक्सभित्र परेकी थिइन् ।

५ सय ५ जना महिलाले सहभागिता जनाएको उक्त प्रतियोगितामा उनी अन्तिम चरणसम्म पुगेकी थिइन् । भण्डारी यतिबेला कुण्ठित सोचाइले भरिएको नेपाली समाजमा सकारात्मक सन्देश प्रवाह गर्न एक्लै ३०/३५ दिनको स्कुटर यात्रामा निस्कने तयारीमा छिन् । भण्डारीको यात्रालाई नेपाली ट्राभलर्सले प्रायोजन गर्ने भएको छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>