कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

अहिलेकी चर्चित नायिका प्रियंका कार्कीको शरिरमा जम्मा चारवटा ट्याटु छन् । उनी सानैदेखि ट्याटु मन पराउँथिन् । त्यही भएर प्रियंकाले आफ्नो शरीरमा अहिलेसम्म चारवटा ट्याटु खोपाइसकेकी छिन् । ती सबै ट्याटुको फरक–फरक अर्थ भएको उनले बताइन् । प्रियंकाले भनिन्— मेरो जीवनसँग जोडिएका यी ट्याटुले मेरो जीवनमा विशेष अर्थ तथा महत्व राख्छन् । प्रियंकाका ती चारवटै ट्याटु विदेशमा खोपाइएका हुन् ।
ती ट्याटुमा प्रियंकाले आफूलाई मन पर्ने रंगहरू प्रयोग गरेकी छिन् । उनको पहिलो ट्याटु अमेरिकामा हुँदा १३ वर्षअघि खोपाइएको थियो । दाहिने हातको पाखुरामा भएको उक्त ट्याटुमा मर्मेडको आकृति अंकित छ । उक्त मर्मेडको हात आकाशतिर फैलिएको छ । यो ट्याटुले मर्मेड पानीसँगै आकाशतिर पनि फैलन सक्छ भन्ने अर्थ राख्छ । प्रियंकाका अनुसार यो ट्याटुले असम्भव भन्ने केही पनि छैन भन्ने सन्देश दिन्छ । उनको दोस्रो ट्याटु कोखा र छातीको बीचमा छ, जसमा डिज्नीको एउटा भनाइ कुँदिएको छ । प्रियंकालाई आफू पनि डिज्नीको क्यारेक्टरजस्तै हन्छु भन्ने लाग्थ्यो ।
उनलाई डिज्नीले धेरै हदसम्म काल्पनिक पनि बनायो । उक्त ट्याटुमा लेखिएको छ— ‘अ ड्रिम इज अ विस युर हार्ट मेक ।’ कार्कीको अर्काे ट्याटु दाहिने खुट्टामा छ । प्रियंकाले अमेरिका बसाइमा बेली डान्स सिकेकी थिइन् । बेली डान्स सिकेपछिको आफ्नो पहिलो प्रस्तुति नै उनको उक्त ट्याटुमा अंकित छ । उनको चौथो ट्याटुचाहिं गर्धनमा छ । जुन आयुषमान देशराजसँग उनको इन्गेजमेन्ट भएपछि खोपाइएको हो र त्यसमा आयुषमान र प्रियंका नाम जोडेर ‘आयंका’ लेखिएको छन् ।
प्रियंकालाई यो ट्याटुले आफ्नो प्रेम दर्साउँछ भन्ने लाग्छ । प्रियंका यस्ती युवती हुन्, जसलाई आफूलाई मनमा लागेको कुरा गरिहाल्नुपर्छ भन्ने लाग्छ । त्यसैले पनि उनी मन परेको र विशेष कुरालाई शरिरमा चिह्नका रुपमा राख्न अघि सरिहाल्छिन् ।