Successfully Copied

कात्तिक महिनाको राशिफल

दाम्पत्य जीवनमा एक–अर्काप्रतिको लगाव बढ्नेछ । मनमा भएको तनाव हटेर शरीर स्वस्थ हुनेछ । कुुनै कुराले रोकिएको काममा सफलता हात लाग्नेछ । सकेसम्म आफ्नो कार्य आफै गर्नुु उपयुक्त हुनेछ । छोराछोरीको पढाइ एवं खानपानमा सजगता अपनाउनु होला । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । सामाजिक,

मेष

पारिवारिक सुुख–समृद्धि बढ्नेछ । यो महिनामा कसै–कसैको पारिवारिक घुुमघाम हुुनसक्छ । माइती पक्षसित रमाइलो समय बिताउने मौका मिल्नेछ । कुनै कामविशेषले सानोतिनो यात्रा गर्नुपर्ला । दाम्पत्य जीवनमा स–साना कुरामा वैचारिक मतभेद हुुनसक्छ । आफ्नो जोडीको मनसाय बुुझेर मात्र आफ्नो स्पष्टीकरण दिनुुहोला । कसै–कसैको घरमा नयाँ सदस्यका रूपमा लक्ष्मीको आगमन हुुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । 

वृष

दाम्पत्य जीवनमा एक–अर्काप्रतिको लगाव बढ्नेछ । मनमा भएको तनाव हटेर शरीर स्वस्थ हुनेछ । कुुनै कुराले रोकिएको काममा सफलता हात लाग्नेछ । सकेसम्म आफ्नो कार्य आफै गर्नुु उपयुक्त हुनेछ । छोराछोरीको पढाइ एवं खानपानमा सजगता अपनाउनु होला । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । सामाजिक, न्यायिक एवं व्यावसायिक क्षेत्रमा सफलता मिल्दै जानेछ । 

मिथुन 

काममा अपजस मिल्ने सम्भावना भएकाले जुुनसुुकै काम गर्दा पनि सतर्क रहनुुपर्ने बेला छ । पारिवारिक खुसीका लागि केही खर्च हुनसक्छ । छोराछोरीको इच्छाको ख्याल गर्दै तिनलाई आश्वस्त पार्न सके तपाईंको नियन्त्रणमा रहनेछन् । कुुनै कामले टाढिएका आफन्त एवं साथीसित भेट्ने अवसर जुट्नेछ । कुुनै कुुराले मनमा तनाव उत्पन्न हुनुका साथै कसैले केही भने पनि रिस उठ्नसक्छ । सकेसम्म धैर्य र शान्त रही रिसलाई नियन्त्रणमा राख्नुुहोला । इच्छाएको कामका लागि पनि केही समय छुुट्याउनुुहोला । 

कर्कट

घरमा केही हेरफेर हुुनसक्छ । आर्थिक पक्ष सुुदृढ रहुुनुका साथै व्यापारिक क्षेत्रबाट पनि फाइदा हुुनेछ । इष्टमित्र एवं दाजुभाइसित रमाइलो भेटघाट गर्ने मौका जुुर्नेछ । व्यक्तिगत काममा सफलता मिल्नेछ । आफन्तहरूबाट काममा सहयोग मिल्नेछ । आकस्मिक उपहार पाउँदा मन प्रसन्न रहला । वैदेशिक रोजगारीमा रहेकाहरूलाई स्वदेश एवं प्रियजनको बढी सम्झना आउनेछ । समय–समयमा फुर्सद निकालेर परिवारजनसित सम्पर्कमा रहँदा मन प्रसन्न रहनेछ । 

सिंह

बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । शारीरिक एवं मानसिक दुवै रूपले शरीर स्वस्थ रहनेछ । कसैलाई सापटी दिएको रकम फिर्ता हुुनेछ भने व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । घरमा भएका कुनै सरसामग्रीमा हेरफेर हुुनसक्छ । कहिलेकाहीँ काम गर्दा आकस्मिक बाधा आइलागे पनि तपाईंमा भएको दृढ आत्मविश्वास एवं कर्तव्यपरायणताले समस्याबाट पार पाउन सकिनेछ । आफ्नो जोडीबाट पूर्णरूपमा रहयोग पाइनेछ । 

कन्या 

मनमा नकारात्मक भावनाले डेरा जमाउन सक्छ । जुुन कुुरा गर्दा आनन्दित महसुस हुन्छ, त्यही काम गर्नुुहोला । टाउको एवं आँखा दुुख्ने समस्या हुुनसक्छ । प्रशस्त फाइबर, फलफूल एवं जलीय पदार्थको सेवन गर्नु लाभदायक हुुनेछ । कुुनै पनि खर्च एवं लगानी गर्दा विचार पुुर्‍याउनुुपर्ने बेला छ । पारिवारिक सुुखका निमित्त कुुनै कुुरामा सम्झौता गर्नुुपर्ला । सन्तान सुुखका लागि केही अतिरिक्त खर्च हुुनसक्छ । दाम्पत्य जीवनमा अपेक्षित माया, सद्भाव एवं सहयोग पाइनेछ । 

तुला 

सानोतिनो कुुराका लागि निकै दिमाग खियाउनुुपर्दा टाउको दुुख्न सक्छ । सकारात्मक रही धैर्य र शान्तपूूर्वक रिसलाई नियन्त्रणमा राखी काम गरे सबै कार्य सम्पन्न हुुनेछन् । पेट एवं मुटुुका बिरामीहरूले आफ्नो खानपानमा विशेष ध्यान दिनुुहोला । कसैको भर नपरी आफ्नो काम आफै गरे अनावश्यक अपजस एवं विवादबाट जोगिन सकिन्छ । दाम्पत्य जीवनमा एक–अर्काप्रतिको माया एवं समझदारी यथावतै रहनेछ । आफ्नो इच्छाअनुुसार किनमेल गर्ने मौका मिल्नेछ । 

वृश्चिक 

धेरैजसो समय घरायसी काममा बित्नेछ । व्यक्तिगत कामका लागि केही खर्च हुुनसक्छ । दाम्पत्य जीवनमा सोचेजस्तै स्नेह एवं सद्भाव मिल्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता हुनसक्छ । बैंक ब्यालेन्स बढ्नेछ । व्यावसायिक क्षेत्रबाट राम्रो धन लाभ हुनेछ । प्रतिस्पर्धीहरूले दुु:ख दिने प्रयास गर्न सक्छन् । कुुनै–कुुनै बेला अकस्मात् रिस उठ्नसक्छ । अरूले सुुझाएको राम्रो कुुरा पनि नराम्रो लाग्नसक्छ । सकेसम्म सकारात्मक हुने प्रयास गर्नुुहोला । 

धनु 

धार्मिक कार्यप्रति आस्था बढ्नेछ । कुनै नयाँ ठाउँ घुुम्ने अवसर प्राप्त हुुनसक्छ । योजनानुुरूप काममा सफलता मिल्दै जानेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । छोराछोरीबाट सुुख–सन्तोष प्राप्त हुुनेछ । व्यापारिक क्षेत्र सफल रहनेछ । व्यक्तिगत काम एवं खुुसीका लागि केही खर्च हुुनसक्छ । साथीसंगीसित रमाइलो गर्ने अवसर जुुट्नेछ । नियमित खानपान र आराम गर्न सके स्वास्थ्यस्थिति राम्रो रहनेछ । 

मकर

बहुुप्रतीक्षित काममा सफलता मिल्नेछ । रक्तचापको मात्रामा घटबढ हुुनसक्ने भएकाले खानपानमा सतर्कता अपनाउनुुहोला । कतै जाँदा वा किनमेल गर्दा सामानको राम्रो ख्याल गर्नुुहोला । कुुनै कुराले गर्दा मन शान्त रहला । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । विभिन्न सर–सामानको किनमेल हुुनेछ । कहिलेकाहीँ राम्रो गर्दागर्दै पनि अपजस आइलाग्न सक्छ । सकेसम्म बोलीचाली एवं व्यवहार गर्दा सजग रहनुुपर्ने बेला छ । 

कुम्भ 

धार्मिक कार्यप्रति रुचि बढ्नेछ । इच्छानुुसार समय यापन गर्ने अवसर जुुर्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आर्थिक पक्ष सुुदृढ रहनेछ । काम गर्दा कुनै समस्या आइलागे पनि तपाईंको आत्मविश्वास र कार्यक्षमताले गर्दा सबै बाधा पार लाग्नेछन् । आफ्नो कर्तव्यमा अडिग रही धैर्य र शान्त भएर काम गर्नुु नै तपाईंका लागि राम्रो हुुनेछ । खानपान एवं रहन–सहनमा पनि ध्यान दिनुुहोला । 

मीन 

कुुनै काममा विशेष सफलता मिल्नेछ । कहिलेकाहीँ आफ्नो जोडीले गरेको राम्रो व्यवहार पनि नाटकजस्तो लाग्नसक्छ । सकेसम्म धैर्य र सकारात्मक रहने प्रयास गर्नुुहोला । सन्तान सुुख प्राप्त हुुनेछ । सामाजिक, न्यायिक, शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफल भइनेछ । आकस्मिक उपहार पनि पाइएला । आर्थिक एवं व्यापारिक दुुवै पक्ष सुुदृढ रहनेछन् । टाउको एवं आँखा दुुख्ने समस्या हुुनसक्ने भएकाले सकेसम्म कुुनै मसिनो काम नगर्नुु नै उपयुुक्त हुुनेछ । 

 Image