Successfully Copied

उच्च रक्तचापका लागि उपयुक्त आहार

मुटु अस्वस्थ भए शरिरको आवश्यकता अनुसार रक्तसंचार कम हुनसक्छ र हृदयघात, कोरोनरी मुटु रोगबाट ग्रसित हुने सम्भावना बढ्छ । अहिले मुटुरोगीको संख्या बढ्दै गएको हुनाले मुटुलाई स्वस्थ राख्न आफनो दैनिक थालीमा अन्न,सागसब्जी, फलफूल, बदाम,लसून, दालचिनी, मरीच धुलो तथा कम चिल्लोंको समावेश हुनुपर्दछ । 

पौष्टिक आहार नै स्वस्थ जीवनका लागि महत्वपूर्ण हुन्छ । दैनिक थालीमा सबै पोषणतत्वको सन्तुलन बनाएर प्रयोग गर्न सके आधाभन्दा बढी रोग नियन्त्रण गर्न सकिन्छ । अव्यवस्थित खानपान, धूम्रपान,मोटोपना, शारीरिक आलस्यता जस्ता कारकले गर्दा विश्वमा लाखौं संख्यामा मानिसहरूको मृत्यु हुनेगर्दछ । मानिसको महत्वपूर्ण अंग मुटुले विभिन्न अंगहरुमा स्वस्थ रगत संचार गर्छ ।

शरिरका विभिन्न अंगहरूलाई आवश्यक पोषणतत्व रगत र अक्सिजनको माध्यमबाट प्रवाह हुन्छ । मुटु अस्वस्थ भए शरिरको आवश्यकता अनुसार रक्तसंचार कम हुनसक्छ र हृदयघात, कोरोनरी मुटु रोगबाट ग्रसित हुने सम्भावना बढ्छ । अहिले मुटुरोगीको संख्या बढ्दै गएको हुनाले मुटुलाई स्वस्थ राख्न आफनो दैनिक थालीमा अन्न,सागसब्जी, फलफूल, बदाम,लसून, दालचिनी, मरीच धुलो तथा कम चिल्लोंको समावेश हुनुपर्दछ । 

–  हरियो सागसब्जी जस्तै पालक,ब्रोकाउली, तोरीको साग, बन्दाकोभीमा भीटामिन, मिनिरल तथा  एन्टिअक्सिडेन्ट बढी पाइने हुनाले रक्तचाप, मधुमेह र मुटु बिरामीहरूका लागि फाइदाजनक हुने डाइटिसियन विपीन कार्की बताउँछन् । दैनिक २,३ गिलास सम्म पाकेको सागसब्जीलाई आफ्नो थालीमा समावेश गर्न सके मुटुरोग हुने सम्भावना १६ प्रतिशतले कम हुने वैज्ञानिक तथ्यले बताउँछ । 

– सम्पूर्ण अन्न जस्तै गहँु,कोदो, मकै, चामल, फापरमा बढी फाइबर हुने भएकाले दैनिक ३,४ पटकसम्म खानामा समावेश गरे स्ट्रोक २२ प्रतिशतले कम हुन्छ । 

–  पोटासियम बढी भएका फलफूल जस्तै एभोकाडो, स्याउ, केरा, बेरी नियमित १,२ वटा खाँदा उच्च रक्तचाप घट्ने र १५ प्रतिशतले मुटुरोगको जोखिमबाट बच्न सकिन्छ । 

– सोडियम कम भएका खानेकुरा र कम चिल्लों भएको खाद्यवस्तु थालीमा समावेश गर्दा मुटु स्वस्थ रहन्छ । तारेका खानेकुरामा ट्रान्स फ्याट बढि हुने भएकाले मुटुरोगको जोखिम बढ्छ । 

– ७० प्रतिशत कोका भएको डार्क चकलेट हप्तामा ४ पटक खाएमा ५७ प्रतिशतले कोरोनरी आर्टरी रोगको नियन्त्रण हुन्छ ।

– फाइबर, कपर, म्याग्नेसियम र ओमेगा फ्याटी एसिडयुक्त ओखर, बदाम दैनिक एकमुठी खाँदा मुटु सम्बन्धी कुनै समस्याबाट ग्रसित हुनुपर्दैन । 

–  धूम्रपान मुटुरोगको प्रमुख कारक भएकाले धूम्रपान त्याग्नु पर्छ । 

– हरेक घरमा प्रयोग हुने तेलमा मोनोअनसेचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटि एसिडको १:१ को मात्रामा प्रयोग गरे मुटुका लागि फाइदाजनक हुन्छ । सूर्यमुखी, तोरीको तथा भटमासको तेल हरेक हप्ता परिवर्तन गरेर प्रयोग गर्दा पोलिअनस्याचुरेटेड तथा मोनोअनसेचुरेटेडको मात्रा बराबरी हुन्छ । एकपटक पकाएर बढी भएको तेल पुन: प्रयोग गर्नु हुँदैन् ।

 

 Image