Successfully Copied

टिनएज दसैं

चाडपर्वमा महिलाहरू मात्र घरको काममा खटिने गरेका छन् । दसैंमा महिलाहरूको व्यस्तता निकै बढ्छ । कामकाजी महिला हुन् वा गृहिणी सबै उत्तिकै व्यस्त हुन्छन् । सबैका लागि चाडपर्व भनिए पनि घरायसी काममा महिलाहरूलाई नै बढी भार पर्ने गरेको छ ।  

चाडपर्वमा महिलाहरू मात्र घरको काममा खटिने गरेका छन् । दसैंमा महिलाहरूको व्यस्तता निकै बढ्छ । कामकाजी महिला हुन् वा गृहिणी सबै उत्तिकै व्यस्त हुन्छन् । सबैका लागि चाडपर्व भनिए पनि घरायसी काममा महिलाहरूलाई नै बढी भार पर्ने गरेको छ ।  

समयसँगै दसैं मनाउने संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । पारिवारिक जमघटमा मनाइने यो चाड अहिले एकल परिवारको संख्या बढ्दै गएपछि केही मात्रामा खुम्चिदै गएको पाइन्छ । यसको प्रत्यक्ष अनुभव गरेकी छिन् कपनकी नित्या अधिकारीले । करिब दुई वर्षअघिदेखि उनको घरको दसैं खल्लो हुन थालेको छ । कारण हो हजुरआमा नहुनु । दुई वर्षअघि हजुरआमाको मुत्यु भएपछि उनको घरमा दसैंको चहलपहल घटेको हो । घरमा ठूला मानिस हुँदा सबैतिरबाट टीका तथा आशीर्वाद थाप्न आउनेहरूको लर्को नै लाग्थ्यो । त्यही मौकामा उनले आफन्तहरूसँग चिनजान तथा भेटघाट गर्ने अवसर पाउँथिन् ।

अहिले भने यी सबै कुरा नहुँदा उनको दसैं आफैंमा सीमित हुन थालेको छ । अहिले उनी घरमा पाका मानिस हुनुको महत्व महसुस गर्न थालेकी छिन् । अधिकारी भन्छिन्–‘घरमा दसैं त पाका मानिस हुँदा मात्र रमाइलो हुँदो रहेछ । अहिले त त्यो वातावरण सबैतिर घट्दै गएको छ ।’ 

दसैं आएपछि चावहिलमा बस्ने राधिका अधिकारी आफ्नो घर जान उत्साहित हुन्छिन् । स्थायी घर ओखलढुंगा भएकी अधिकारी दसैंमा गाउँमै रमाइलो हुने बताउँछिन् । हरेक वर्ष दसैंमा गाउँ जाने अधिकारीले अहिले दसैं मनाउने शैलीमा परिवर्तन हुँदै गएको महसुस गरेकी छिन् । समयको परिवर्तन र भर्चुअल दुनियाँले गर्दा पनि परम्परागत शैलीमा मनाइने दसैं अहिले परिमार्जन हुँदै गएको अधिकारीले बताइन् । अहिले दसैं पनि खर्चिलो भएको छ । राधिका भन्छिन्–‘अब दसैंलाई खर्चिलो चाड नबनाई मेलमिलाप र सद्भावको चाड बनाउनुपर्छ, जसले गर्दा यो खर्चको चाड नभई एउटा उत्सव बनोस् ।’

दसैं शब्द सुन्नेबित्तिकै सुजिता सापकोटालाई भने बालापनको सम्झना आउँछ । काभ्रेमा छँदा दसैंमा उनी नयाँ लुगा लगाएर दक्षिणा थाप्दै रमाउँथिन् । दिनभरी टीका लगाएर प्राप्त भएको दक्षिणा साँझ परेपछि गन्थिन् । बाल्यकालको त्यो माहोल अहिले छैन । त्यो समयमा उनको घरमा नयाँ सामान जोडिन्थ्यो र परिवारका हरेक सदस्यका लागि नयाँ कपडा किनिन्थ्यो तर अहिले भने त्यो तरिकाले दसैं मनाइँदैन ।

दसैं सबै कुरामा खर्च हुने चाड भएकाले पनि एकैपटक आर्थिक भार पर्ने गरेको छ । त्यसले गर्दा पनि समयअनुसार आवश्यकता पूरा गर्नु उपयुक्त राम्रो हुने उनको तर्क छ । सुजिता भन्छिन्–‘युवापुस्ताले दसैंमा आर्थिक भार कसरी कम गर्न सकिन्छ भनेर सोच्नुपर्ने आवश्यकता भैसकेको छ ।’ 

दसैंलाई सुख–दु:ख र रमाइलो गर्ने चाडका रूपमा लिइन्छ । यद्यपि दसैंमा गाउँ जानुपर्ने र आफन्तहरूका हरेक घरमा टीका थाप्नुपर्ने चलनले धापासीकी प्रविना खड्कालाई भने दु:खी बनाएको छ । काठमाडौंदेखि नुवाकोटसम्म जानुपर्ने त्यसमाथि पनि यातायातको असुविधा । यसले गर्दा उनलाई मानिसहरूलाई जहाँ सुविधा हुन्छ त्यहीँ नै चाडपर्व मनाउँदा राम्रो हुन्छ जस्तो लाग्छ । चाडपर्वमा महिलाहरू मात्र घरको काममा खटिने गरेका छन् । दसैंमा महिलाहरूको व्यस्तता निकै बढ्छ । कामकाजी महिला हुन् वा गृहिणी सबै उत्तिकै व्यस्त हुन्छन् । सबैका लागि चाडपर्व भनिए पनि घरायसी काममा महिलाहरूलाई नै बढी भार पर्ने गरेको छ । दसैंैंमा महिलाहरूलाई मात्र नभई पुरुषहरूले पनि उत्तिकै जिम्मेवारी बहन गर्नुपर्ने नारायणटारकी तुलसी घिमिरेको तर्क छ । 

सिधुपाल्चोककी नम्रता ढकाल भूकम्पपछि गाउँ मात्र भत्किएन गाउँलेहरूको मनसँगै आफ्नो मनसमेत खिन्न भएको बताउँछिन् । न मेरो घर पहिलेको जस्तो छ न त गाउँ नै । अबूढानीलकण्ठकी रेवीका देवालीलाई दसैं मनाएको त्यति सम्झना छैन । नेपालमै जन्मिएर हुर्किए पनि उनको परिवारले क्रिश्चियन धर्म मान्ने भएकाले दसैं–तिहारजस्ता पर्व उनको घरमा आउँदैनन् । आफ्नो मात्र घरमा दसैं नआउनुमा धर्मप्रतिको नै आस्था हो जस्तो लाग्छ उनलाई । देवाली अरुले मनाएको दसैं हेरेर नै रमाइलो मान्छिन् वा परिवारसँग घुम्न जान्छिन् ।

 

 Image