Successfully Copied

चाडपर्वमा महिलाको स्वास्थ्य र व्यस्तता

चाडपर्वको समयमा टीका वा पूजापाठ छेकिन्छ कि भनेर महिनावारी पर सार्न पिल्स चक्की खाँदा त्यसका अनेकौं साइड इफेक्ट हुनसक्छन् । त्यसो त चिकित्सकको सल्लाहबमोजिम मात्र खानुपर्ने यस्ता औषधि उमेर पुगेका, उच्च रक्तचाप एवं मधुमेह भएका, मुटु तथा कोलेस्टेरोलका रोगीहरूले सेवन गर्नु हुँदैन ।

चाडपर्वको समयमा टीका वा पूजापाठ छेकिन्छ कि भनेर महिनावारी पर सार्न पिल्स चक्की खाँदा त्यसका अनेकौं साइड इफेक्ट हुनसक्छन् । त्यसो त चिकित्सकको सल्लाहबमोजिम मात्र खानुपर्ने यस्ता औषधि उमेर पुगेका, उच्च रक्तचाप एवं मधुमेह भएका, मुटु तथा कोलेस्टेरोलका रोगीहरूले सेवन गर्नु हुँदैन ।

साउन लागेदेखि नै नेपाली महिलाहरूको व्रत अर्थात् भोकै बस्ने पर्व तीज एवं ऋषिपञ्चमी हुँदै त्यसको निरन्तरता दसंैसम्म पुग्छ । नवरात्रिको पहिलो दिन घटस्थापनादेखि जमराघरमा घरमूलीलाई पूजाआजामा सघाउनुपर्ने भएकाले घरका महिलाहरू भोकै बस्नुपर्ने हुन्छ । ग्यास्ट्राइटिसको जोखिममा रहेकाहरूमा यस्तो समस्या अझ बल्झन्छ । दसैंको व्यस्तताका कारण खाना खाने समयको अनिश्चितता एवं तुलनात्मक रूपमा बढी चिल्लो, पिरो अनि मरमसलाका कारण पेट तथा आन्द्राको समस्या वृद्धि हुनसक्छ ।

यसैगरी फूलपातीदेखि पूर्णिमासम्म मासु आदि विभिन्न परिकारका लागि महिलाले भान्सामै समय बिताउनुपर्ने हुन्छ । अरू बेलाको तुलनामा धेरै थरीका परिकार बनाउनुपर्ने भएकाले यसमा समय पनि बढी लाग्छ । महिलाहरूलाई पनि चाडपर्वमा बाहिर घुम्न जान, रमाइलो गर्न मन लाग्ने हुनाले यी कुरा बुझ्ने परिवार छैन भने विशेषगरी घरायसी महिलाहरू चिन्ताले ग्रस्त हुनसक्छन् । त्यतिमात्र होइन कतिपय नेपालीमा अझै पनि मीठो–मसिनो खानुका अतिरिक्त नयाँ पहिरन, चुरापोते किन्ने काम दसैंमै गरिन्छ । एकातिर आफ्नो चित्तबुझ्दो सामान नपाउनु अर्कातिर परिवारको समग्र आर्थिक स्थितिले पनि घरायसी महिलालाई थप चिन्तित बनाउन सक्छ ।

चाडपर्वको समयमा टीका वा पूजापाठ छेकिन्छ कि भनेर महिनावारी पर सार्न पिल्स चक्की खाँदा त्यसका अनेकौं साइड इफेक्ट हुनसक्छन् । त्यसो त चिकित्सकको सल्लाहबमोजिम मात्र खानुपर्ने यस्ता औषधि उमेर पुगेका, उच्च रक्तचाप एवं मधुमेह भएका, मुटु तथा कोलेस्टेरोलका रोगीहरूले सेवन गर्नु हुँदैन ।

घरमा मात्र होइन मठमन्दिरमा पनि महिला नै जानुपर्ने अनि लामो समय लाइनमा उभिनुपर्ने, हुनाले भोको पेटका कारण हातखुट्टा गल्छन्् अनि शरीर कमजोर हुँदै जान्छ । यसरी घरमा हुँदा बाहिरको पूजापाठको पिरलो अनि मन्दिरमा लाइन बस्दा घरमा काम बितेको पिरलोले घरेलुु महिलामा मानसिक तनाव उत्पन्न गर्छ ।

लामो समय भान्सामै काम गरिरहनुपर्दा खुट्टा गल्ने, पिँडौलाको नसा फुल्ने, खुट्टा तथा पिँडौला बाउँडिने समस्या पनि हुनसक्छ । नवरात्रिको अनिँदो, दिनभर भान्सामा उभिँदा अनि खाना खाने समयको अनियमितताका कारण चक्कर लाग्ने, बेहोस हुने आदि समस्या उत्पन्न हुन सक्छन् ।

चाडपर्वमा धेरै थरिका परिकार पकाउने, खानेकुरा पनि खाइरहने, पाहुनाहरू पनि आइरहने हुँदा भान्सामा जूठा भाँडाकुँडा पनि धेरै हुन्छन् । पटक–पटकको भाँडाकुँडा धुवाइले कतिपय महिलामा टेनिस एल्बो भनिने बाहिरी भागको कुहिनामा पीडा हुनुका साथै दायाँ नाडीको जोर्नी सुन्निएर बढी पीडा हुन्छ । कतिपय ठाउँमा चाडपर्वमा दाउरामै खानेकुरा पकाउने चलन छ । लामो समय धूवाँ तथा घिउ–तेलको खारमा बस्नु श्वासप्रश्वासको दृष्टिले राम्रो मानिँदैन ।

चाडपर्वमा दैनिकजसो घर–आँगनको सरसफाइ, उब्रिएको खानेकुराको उचित व्यवस्थापन, पाहुनाको स्वागत–सत्कार आदिले घरेलु महिलाहरूलाई कमजोर बनाइदिन्छ । पिङ खेल्ने, घुमघाम गर्ने रहर भएर पनि घरभित्रै घरको काममा मात्र व्यस्त हुनुपर्दा चिडचिडाहट हुने, झर्काे लाग्ने हुनसक्छ । चाडपर्वको चटारोमा दैनिक खाइरहेको औषधि तथा खानेकुरामा अनियमितता भए सुगर, प्रेसर, कोलेस्टेरोल आदिलाई नियन्त्रणमा राख्न समस्या हुन्छ ।

चाडपर्वमा विशेषगरी पुरुषले अनि महिला आफैंले पनि मद्यपान गर्छन् । अनियन्त्रित मद्यपानका कारण घरेलुु हिंसा, यौनिक हिंसा अनि अनिच्छित गर्भको समस्या निम्तिन सक्छ । यदि आकस्मिक रूपमा महिनावारी भैदियो भने तनावमा बस्नुपर्ने हुन्छ ।

चाडपर्वको समयमा अधिक व्यस्तताले रोगी वा अस्वस्थ हुनुभन्दा आफ्नो काम व्यवहारमा समयानुकूल परिवर्तन ल्याउनुपर्छ । मुख्यत: घरकै पुरुष सदस्यले दसैं बिदाको समयमा घरायसी काममा महिला सदस्यहरूलाई सघाउनुपर्ने हुन्छ । नवरात्रिभर पूजापाठ पनि निश्चित समयसीमामै सकिने गरी गर्नु राम्रो हुन्छ । एकैदिन पशुपंक्षीको मासु धेरै मात्रामा बनाउनुभन्दा आवश्यक मात्रामा मात्र पकाउनु राम्रो हुन्छ । घरमा फ्रिजको सुविधा छ भने कतिपय परिकार दुई–चार दिनलाई पुग्ने गरी बनाई संचय गर्न सकिन्छ । दसैंमा पिङ वा चङ्गाको मज्जा पनि लिन पाइन्छ । यसरी चाडपर्वलाई पुरानो हिसाबले नमनाई, महिला सदस्यलाई मात्र काममा लगाउने हिसाबले पर्व टार्ने काम नगरी महिला सदस्यलाई पनि उत्तिकै मनोरञ्जन हुने हिसाबले चाडपर्व मनाउनु वेश हुन्छ । यति भए महिलाहरूले शारीरिक व्यस्तताका बाबजुद मानसिक पीडा एवं थकान महसुस गर्नुपर्ने अवस्था आउँदैन । घरमा भएका पुरुष सदस्यले पनि भान्सा, पूजापाठ एवं भाँडाकँुडा धुवाइमा सघाउँदा महिलाले घुमघाम वा अन्य मनोरञ्जनका लागि समय निकाल्न सक्छन् । यसरी मिलीजुली पर्व मनाउँदा बढी खुसी प्राप्त हुनुका साथै अल्पकालीन स्वास्थ्य समस्याका साथै दीर्घ खालका स्वास्थ्य समस्यालाई पनि नियन्त्रणमा राख्न सकिन्छ ।

 Image