गायिका इन्दिरा भट्टराई कलाकारिताको नयाँ यात्रामा निस्किएकी छिन् । उनले हालै एक गीतको म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । नेपाली गायनमा आफ्नो फरक परिचय बनाएकी उनले आफैंले गाएको गीत मार्फत अभिनय यात्रा थालेकी हुन् ।
गायिका इन्दिरा भट्टराई कलाकारिताको नयाँ यात्रामा निस्किएकी छिन् । उनले हालै एक गीतको म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । नेपाली गायनमा आफ्नो फरक परिचय बनाएकी उनले आफैंले गाएको गीत मार्फत अभिनय यात्रा थालेकी हुन् । ‘बदनाम बनाउने तिमी’बोलको गीतमा उनले अभिनय गरेकी छिन् । उक्त गीतको म्यूजिक भिडियोमा गायिका भट्टराईलाई इश्वर खड्काले जोडीका रुपमा साथ दिएका छन् ।
सार्वजनिक गीतमा सुमन थापा मगरको शब्द रहेको छ । लछु प्रकाश मल्लले संगीत गरेको उक्त गीतमा संगीत संयोजन पनि सोही गीतका संगीतकार मल्लले नै गरेका छन् । आर्यन बिमलीको निर्देशन तथा छायांकन रहेको गीतको भिडियोलाई दीपक जोशीले सम्पादन गरेका हुन् ।
अभिनय सँगै गायिका भट्टराईले निर्देशनमा पनि हात हालेकी छन् । गत साता मात्रै उनको निर्देशनमा छायांकन भएको म्यूजिक भिडियो केहि दिनमा सार्वजनिक हुने गायिका भट्टराईले बताएकी छिन् ।
विवेक, दिपशिखा र रुथलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सफलता
विवेक, दिपशिखा र रुथलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सफलता
हालै इन्डोनेशियामा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर एण्ड मिस कल्चर इन्टनेसनल तथा मिष्टर एण्ड मिस टिन कल्चर इन्टरनेसनल २०२५ मा नेपालका सहभागिता जनाएका सहभागिहरुले सफलता हासिल गरेका छन् ।