३३ वर्षे यात्रा गाथा
सम्बन्धलाई तरोताजा र फ्रेस राख्न आज पनि यो जोडी घरपरिवार, आमाबुवा, सासू–ससुरा, छोराछोरी कसैलाई थाहै नदिई सुटुक्क यात्रामा त कहिले मुभी हेर्न निस्कन्छ ।

इटहरीमा तीजको छेको पारेर ‘मिस तीज सारी क्विन–२०१९ फोटो कन्टेस्ट’ सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त प्रतियोगितामा संगीता उप्रेती लम्साल विजेता घोषित भएकी छिन् । संगीतालाई पछ्याउनेमा सिर्जना पोख्रेल र शर्मिला दाहाल छन् ।
परिकला मिडियाद्वारा संचालित तथा डीथ्री अनलाइनले आयोजना गरेको उक्त फरक कन्सेप्टको फोटो प्रतियोगिताको फाइनलमा ८ जना प्रतिस्पर्धी थिए । प्रतियोगितामा भावना श्रेष्ठ बेस्ट फोटोजेनिक तथा रश्मि राना अर्गनाइज च्वाइसको पुरस्कार जित्न सफल भए ।
प्रतियोगिताका लागि आयोजकले फोटोसुट र बायोग्राफी भिडियो बनाएर फेसबुक पेज तथा युट्युबमा सार्वजनिक गरेको थियो । त्यही पोस्टको लाइक, सेयर तथा भिडियो भ्युजका आधारमा विजेताहरूको छनौट गरिएको हो ।